पोखरा महोत्सव–२०७८ पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह चोकमा हुँदै

पोखरा–१६
युनाइटेड क्लबको आयोजनामा ‘युवाकोे जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नारा सहित ११ औं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने भएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृति, औद्योगिक उत्पादन, हस्तकला सामान, सूचना प्रविधि, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुको प्रदर्शनी मुख्य आकर्षक रहेको महोत्सवमा नृत्य, कृषि–अटोको गतिविधिले रौनकता थप्ने क्लबले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । युनाइटेड क्लबका महासचिव तथा महोत्सव प्रचार उससमिति संयोजक शान्तबहादुर थापाले ‘पोखरा महोत्सव युनाइटेड क्लबको मात्र नभई समग्र पोखराको महोत्सव भएकाले सम्पूर्ण पोखराबासीले सहयोग गर्दै आएकोमा हामी खुसी छौं, त्यही सहयोगले महोत्सव यहाँसम्म आइपुगेको छ,’ उनले भने ।

Comments are closed.