पोखरा र लेँखनाथ नगरलाइ एकीकरण गरि वृहत पोखरा अर्थात पोखरा माहानगर पालिका वनाउने अभ्यासहरू सुरू भएका छन। पहिलो अभ्यासहरू छोडेर पछिल्लोलाइ लिउ। दुइ नगरको कार्यकारी एउटैलाइ तोकिएको छ र कार्यभार समेत सम्हालेको अवस्था छ। पोखरामा केही समय अगाडि कार्यभार सम्हाल्न आएका नवराज ढुंगानालाइ लेखनाथ नगरको समेत कार्यभार सुम्पिए पछि एकीकरणको अभ्यास थालिएको अनुभूति भएको हो। स्थानीय निकाय पुनर्संरचनाको प्रतिवेदनमा पनि दुइ नगरलाइ गाभेर माहानगर घोषणा गर्न सुझाइएको छ। पुनर्संरचना आयोगले वनाएको मापदन्डलाइ आधार मानेर कास्कीमा पाच गाउ पालिका र एक माहानगरको सिफारिस स्थानिय संयन्त्रले गरेको छ। त्यसलाइ हुवहु कार्यन्वयन गरियो भने पोखरा स्वतह माहानगर पालिका वन्ने छ। माहानगर पालिका वनाउन कठिन छैन। तर माहानगरका लागि आवश्यक पूर्वाधार पुरा गर्न पो कठिन छ।माहानगर वन्नको लागि आवश्यक न्यूनतम आधारहरू पनि यति वेला भेटिदैन। जनसंख्या वाहेक अन्य आधार फितला छन। चाक्ला सडक, सार्वजनिक चौर, शुद्ध पिउने पानी , विजुली, विश्व विद्यालय, स्वास्थ्य प्रतिष्ठान , पार्क सार्वजनिक सौचालय , आदि न्यूनतम चहिन्छन। यी मध्ये दुइवटा नगर मिसाउदा मात्र पुरा गर्न सकिन्छ। एउटैमा उल्लेखित पूर्वाधार पाउन सकिदैन। पोखरा र लेखनाथमा पछिल्लो समयमा जथाभावि जग्गा प्लटिंग गरेर शहरको स्वरूप कुरूप वनाइएको छ। यसलाइ पहिले नै रोकेर सरकारले नै आवाश योजनाहरू लागु गर्नु पर्दथ्यो त्यो ढिलो भयो। भरखर लेखनाथको कार्यभार सम्हाल्न पुगेका कार्यकारी अधिकृतले प्लटिंगलाइ रेक्ने निर्णय गरेका छन। ढिलै भए पनि यो कदमको स्वागत गर्नु पर्छ। साथै यसको विकल्प नया आवास योजना शुरू गरेर दिन सक्नु पर्दछ। जथावावी जग्गा प्लटिंग गरेर शहरको स्वरूप विगार्ने कार्य पोखरामा पनि उत्तिकै छ। पोखरामा पनि प्लटिंग कार्य रोक्नु जरूरी छ। पोखरा एकपटक प्लानिंग भएको कारण केही सडकहरू चाक्ला छन। गल्लीहरूमा पनि वीस फुटको सडक वनाउन चाहने हो भने सकिन्छ। तर लेखनाथमा पृथ्वी राजमार्ग वाहेक मिलेको र मापदन्ड पुर्याइएका सडकहरू छैनन। प्लटिंग वालाले वनाएका सडकहरू प्लटिंग भित्रमात्र घुमेर निस्कने छन। यिनीहरूलाइ सडक भन्न मिल्दैन।पुराना सडकहरूलाइ छोडेर लेखनाथमा नयॉं सडकको विकास नै गरिएको छैन। जे होस अझै पनि प्रतिवद्ध भएर लाग्ने हो भने पोखरालाइ सुन्दर माहानगर वनाउन सकिन्छ। याहाका तालहरू नदी र खोलाहरू र वनहरू लाइ व्यवस्थित किसिमले विकास गर्न सकेमा विश्वकै नमूना शहर वन्नवाट पोखरालाइ कसैले रोक्न सक्ने छैन।
Comments are closed.