पोखरा रगंशालामा होल्डिङ सेन्टर

पोखरा हटलाईन,
असार २१,

 

विदेशबाट आएका नागरिकलाई राख्न पोखरा रगंशाला ‘होल्डिङ सेन्टर’ बनाइएको छ । रगंशालामा रहेको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न लागिको गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले बताए ।

गण्डकी प्रदेश सरकारले होल्डिङ सेन्टरका लागि बहुउद्देश्यीय कर्भड हल उपलब्ध गराउन आग्रह गरेपछि पश्चिमाञ्च क्षेत्रीय खेलकुद र जिल्ला खेलकुद विकास समितिलाई गरेको थियो । गण्डकी प्रदेश सरकारको आग्रहलाई खेलकुद विकास समितिले स्वीकार गदै कर्भड हल उपलब्ध गराएपछि होल्डिङ सेन्टर तयार गरिएको छ ।

विदेशबाट आएकाहरुलाई होेल्डिङ सेन्टरमा राख्ने र त्यसपछि सम्वन्धि जिल्ला पठाउने योजना सहित गण्डकी प्रदेश सरकारले सेन्टर बनाएको हो । संघीय सरकारले विदेशबाट उद्धार गरि ल्याएकाहरुलाई पोखरा पठाउने र उनीहरु अलपत्र पर्ने अवस्था भएपछि गण्डकी सरकारले होल्डिङ सेन्टर तयार गरेको हो । विदेशबाट उद्धार गरि ल्याएका ब्यक्तिहरुलाई सिधै पोखरा महानगरले बनाएका क्वारेन्टाइनमा लगेर छाडिएपछि ब्यवस्थापनमा समस्या भएको भन्दै पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई होल्डिङ तयार बनाएर सम्वन्धित जिल्ला पु¥याउने ब्यवस्था गर्न आग्रह गरेको थियो ।

महानगरको आग्रहपछि गण्डकी प्रदेश सरकारले पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउने प्रस्ताव गरेको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री एवं सरकारका प्रवत्ता रामशरण बस्नेत, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, नेपाली सेना र नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरु सहितको टोलीले शुक्रबार अनुगमन गरे । अनुगमनपछि उनीहरुहरुले बहुउद्देश्यीय कर्भड हल होल्डिङ सेन्टरका लागि उपयुक्त भएको ठहर गरे । बहुउद्धेश्यीय हललाई होल्डिङ सेन्टरका रुपमा प्रयोग गर्न आवश्यक पूर्वाधार बनाउन गण्डकी प्रदेश सरकारले खर्च गर्नेछ । नागरिकले दुःख पाए मन्त्री बस्नेतले भने, ‘मान्छे एकछिन खुटटा बिसाउन नपाउने र कष्ट भोग्नुपर्ने अवस्था भएकाले होल्डिङ सेन्टर बनाउने निर्णयमा पुगेका हौ ।’

राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्य राजेश गुरुङले राज्यलाई आवश्यक परेका बेला उपलब्ध गराउनु भन्ने खेलकुद मन्त्रालयकै निर्देशन हो, त्यसैले होल्डिङ सेन्टर राख्न दिएका हौ । राज्यकै सम्पत्ति हो । राज्यलाई अप्ठयारो पर्दा दिन्नौ भन्ने अवस्था हुदैन् भने । ‘क्वारेन्टाइन भए हुदैन भनेका थियौ तर मानिसहरुलाई केहीबेर राख्ने र सम्वन्धित जिल्ला पठाउने भएकाले केही फरक पर्छ जस्तो लाग्दैन् ।’ पोखरा रगंशाला आउने भाइबहिनीहरुमा त्रास नफैलने गरी सुरक्षा र स्वास्थ्यका सबै उपाय अपनाउन गण्डकी प्रदेश सरकार र सुरक्षा निकायलाई आग्रह गरिएको गुरुङले बताए । ‘कोरोना संक्रमित नभएर विदेशबाट आएकाहरुलाई यातायातको व्यवस्था गर्ने समय यहाँ होल्ड गर्ने भन्ने कुरा भएको छ ।’

पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बहुउद्देश्यीय कर्भड हलमात्रै प्रयोग गर्न दिएको बताए । अहिले कोरोना भाइरसका कारण देशलाई संकट परेको अवस्था हो उनले भने, ‘संकटको बेला सरकारलाई सहयोग गर्नुपर्छ र मानवीयता पनि हो ।’ पोखरा रगंशालाको बहुउद्देश्यीय कर्भड हल २२ सय क्षमताको रहेको छ भने फुटबल र क्रिकेट बाहेकका सवै खेल उक्त हलमा खेल्न मिल्छ ।

Comments are closed.