पोखरा लेकसाईडका युवाले चलाए ” कोभिड विरूद्ध हाम्रो अभियान ”

पोखरा हटलाईन,

✍️अजित तिमील्सिना

२०७८/०२/२७,

बिहिबार,

कोरोनाको दोस्रो लहर सँगै बढ्दो संक्रमणलाई नियन्त्रण गर्नका  सरकारले जारी गरेको निशेधाज्ञका कारण दैनिक उपभोग्य सामाग्रीजुटाउनका लागि गाह्रो भएका बिभिन्न परिवारलाई मध्यनजर गर्दै पोखरा लेकसाईडका युवालेकोभिड विरूद्ध हाम्रो अभियानचलाएका छन्।

लेकसाईड  युथ फोरम को नेतृत्वमाकोभिड विरुद्ध हाम्रो अभियानअन्तर्गत हाम्रो पोखरा वडा . बैदामको गाईघाटमा(फिर्के वरपर) बस्नुहुने विभिन्न ४५ घर धुरीलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।राहत अन्तर्गत चामल ,दाल ,नुन ,तेल, साबुन लगायत सामग्रीवितरण गरिएको थियो

दैनिक ज्याल गरेर आफ्नो गास बास चलाउने जनता रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले आफुहरूले आफ्नो क्षमता अनुसारसहयोग गरेको   विभिन्न सहयोगी मन भएका व्यक्तिहरू को साथ सहयोगले नै यो अभियान  सञ्चालन गरेको  कुरा लेकसाइड युथफोरम का सचिव आदित्य देवकोटाले जानकारी दिए।

Comments are closed.