“पोखरा लोक तारा–२०७२” को तयारी पुरा

पोखरा, २१ असार । त्रिवेणी संगितालय पोखरााले गर्न लागेको पहिलो “पोखरा लोक तारा–२०७२” को सम्पूर्ण तयारी पुरा भएको छ । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशिल संगितालयले यसपटक पोखरा लोक ताराको आयोजना गरेको संचालक एंव प्रशिक्षक नवराज बरालले जानकारी दिए । 1491467_674684719341548_2176168163227521595_o
करिब ५४ जना प्रतिष्पर्धीहरुबाट छानिएर आएका १२ जनाकोबीचमा आगामी शनिबार अन्तिम प्रतिष्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको संयोजक समेत रहेका बरालले जानकारी दिए ।  प्रतियोगीता एसएमएस भोट रहित हुने बरालले बताए । प्रतिष्पर्धी निश्चल दवाडी, रेशम निर्दोश, माया केसी, लक्ष्मि बाँनिया, सुनिल विश्वकर्मा, भवि थापा, निराजन चेपा∙, उमेश अधिकारी, बिबि नेपाली, सुनिल परियार, सुरज लामिछाने र पवित्रा मगर गरि १२ जनाले विना बाजा, बाध्यबाधन सहित र म्युजिक ट्रयाकमा आफ्नो प्रस्तुती राख्नेछन् ।

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र साम्त्वना हुनेलाई ३०, २०, १० र ५ हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गरिने जनाईएको छ । प्रतियोगीताबाट बचत रकम भूकम्प पीडित संचारकर्मी रमेश तिमिल्सीनालाई राहत स्वरुप प्रदान गरिने संगितालयका संचालक बरालले जानकारी दिए ।

Comments are closed.