पोखरा विमर्श पत्रकारिता पुरस्कार सुवेदीलाई

पोखरा, १६ कात्तिक

पोखरा बिमर्श पत्रकारिता पुरस्कार २०७१ वाट बिनु सुवेदी सम्मानित हुने भएकी छन् । पत्रिकाका संस्थापक पदमराज घिमिरे उदासीद्वारा स्थापित यो पुरस्कारले पहिलो पटक सुवेदी सम्मानित हुन लागेकी हुन् ।12144873_852135798233479_3895755667132380705_n

पोखरा बिमर्शले आफ्नो स्थापनाको आठौं बष प्रवेशको अवसर पारेर पुरस्कार प्रदान गर्न लागेको हो । स्याङ्जा एफ एम बाट २०७० सालमा समाचार बाचकको रुपमा पत्रकारिता सुरु गरेकी सुवेदी हाल पोखराको फेवा टेलीभिजनको समाचार कक्षमा कार्यरत छिन् ।

मुख्यतया स्थलगत समाचार संकलनमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले पोखरा बिमर्श साप्ताहिकद्वारा प्रदान गरीने पुरस्कारको रासी ५ हजार ५ रुपैयाँ र सम्मानपत्र रहेको पत्रिका प्रकाशक राजेश पराजुलीले जानकारी दिए ।

Comments are closed.