पोखरा, २ चैत/म्याग्दी सेवा समिति अष्ट्रेलियाले आयोजना गरेको पहिलो तृप्ती फाउन्डेसन भलिबल कपको उपाधी पोखरा समाज सिड्नीले उचालेको छ । यही मार्च १ तारिखदेखि प्रत्येक आइतबार हुँदै आएको प्रतियोगितामा ७ समूह सहभागी थिए । सिड्नी म्यरिकभिल इस्थित पिसिवाइसी क्लवको कभर्ड हलमा भएको प्रतियोगितामा उपाधि विजेता पोखरा समाज सिड्नीले ट्रफी र मेडलसहित १२ सय डलर नगद पुरस्कार पनि पाएको छ ।
फाइनल खेलको पहिलो सेट म्याग्दी समाजले जितेपनि पोखरा समाजले लगातार ३ वटा सेट जितेको म्याग्दी सेवा समितिका अध्यक्ष हरि राम्जालीले जानकारी दिए । फष्ट रनरअप बनेको म्याग्दी सेवा समितिले ७ सय डलरमा चित्त बुझायो ।
प्रतियोगितामा बेस्ट प्लयेर अफ द टुर्नामेन्ट म्याग्दी समाजका खेम पुर्जा, वेस्ट लिफ्टर पोखरा समाजका राजु अधिकारी र बेस्ट स्पाइकर पोखरा समाजका राजकुमार गुरुङ घोषित भए ।
प्रतियोगितामा विजेताहरुलाई म्याग्दी सेवा समितिका हरि राम्जालि र बाग्लुङ अस्ट्रेलियन कम्युनिटिका अध्यक्ष टिका कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
समाजले अष्ट्रेलियामा भलिबल खेल संरक्षणका लागि प्रत्येक बर्ष अन्य प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ ।
Comments are closed.