पोखरा १० लाई संघसंस्था र ब्यक्तिद्धारा सहयोग प्रदान

पोखरा २२ बैशाख । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकको छाक टार्नुपर्ने अति बिपन्न परिवारलाई राहत वितरणका लागि पोखरा महानगरपालिका वडा नम्वर १० मा रहेका विभिन्न सघंसंस्था र ब्यक्तिले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर १० ले करिब १८ सय जनालाई राहत बितरण गरिसकेको छ । वडा भित्र राहत लिन छुटफुट भएकालाई राहतको व्यवस्था गरि राहत बितरण गर्न अन्नपूर्ण मार्ग ए टोल विकास संस्था पोखरा १० को आव्हानमा चेतनशील आमा समूह पोखरा औधोगिक क्षेत्र रू २० हजार ५ सय ५५, अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाले ५ हजार ५ रुपैयाँ, हिमाल आमा समूहले ५ हजार, लक्ष्मी गुरुङ र कमला गुरूङले १० हजार ५ रुपैयाँ, नवराज गौतमले ३ हजार रुपेैयाँ, हरिमाया रिमालले २ हजार १० रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

त्यस्तै युबराज राना मगरले २ बोरा चामल, नुन, चाउचाउ र मिनरल वाटर गरी २ हजार बराबरको खाद्यान्न, राजकुमार गुरूङले २ हजार ५ रुपैयाँ, बिनिमाया गुरूङले २ हजार रुपैयाँ, नीरू थापा क्षेत्रीले २ हजार, सपना थापाले २ हजार, षूर्णदेबी र रोम बहादुर गुरूङले २ हजार, श्रद्धा द्वाले १५ सय, हिरा देबी श्रेष्ठले १ हजार, शुरेस कुमार श्रेष्ठले १ हजार, योमाया गुरूङले १ हजार, ठाकुर प्रसाद रानाभाटले १ हजार, सागर बस्यालले १ हजार सहयोग गरेका छन् ।

त्यस्तै अम्बिकाप्रसाद पोखरेलले एक सय पाँच, ६४ हजार १ सय ९० रुपैयाँ र चामल, नुन,चाउचाउ र मिनरल वाटर राहत सहयोग गरेको हुन् ।

Comments are closed.