पोखरा १२ मा कांग्रेसका उम्मेदवार सिफारिस, नयाँ शक्ति पार्टीकी उम्मेदवार परियार कांग्रेस प्रवेश

पोखरा ८ वैशाख ।
नेपाली कांग्रेस पोखरा १२ ले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट प्यानल घोषणा गरेको छ ।
वडा अध्यक्षमा सन्तोष बास्तोला वडा सदस्यमा शान्त बहादुर थापा, गोविन्द प्रसाद सिग्देल,शान्ति कोइरला र गोमादेवी परियारलाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन । वडा अध्यक्षका उम्मेदवार बास्तोलाले पोखरा १२ मा गठवन्धनदलहरु विच मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने वडा कार्यसमितिको निर्णय बमोजिम सर्वसम्मत उम्मेदवारी घोषणा गरिएको बताए ।
यसै बिच गत स्थानिय चुनावमा नयाँ शक्ति पार्टीबाट पोखरा १२ को वडा सदस्यमा उम्मेदवार रहेकी गोमा देवी परियार नेपाली कांग्रेस प्रवेश गरेकी छन । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उनलाई पार्टीको सदस्यता प्रदान गर्दे परियारको कांग्रेस प्रवेशले पोखरा १२ मा नेपाली कांग्रेस अझ मजबुत भएको बताए ।

Comments are closed.