पोखरा १३ लाई विदेशबाट सहयोग,बि १३ हङकङद्धारा १ लाख ४ सय

खाना पकाएर खुवाउन सुरु, कोही भौकै हुननपरोस ः अध्यक्ष लामा

पोखरा २३ बैशाख । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर, अति बिपन्न परिवारलाई राहत वितरणका लागि पोखरा महानगरपालिका वडा नम्वर १३ लाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ । विदेशमा रहेका नेपालीहरु र वडाभित्र रहेका संघसंस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा बि १३ हङकङले १ लाख ४ सय २५ रुपैयाँ, अमेरिकामा बस्ने पोखराका हेमन्त शाही र अनिल गुरुङले १ लाख ३ हजार ५ सय रुपैयाँ, अमेरिकामा रहेका विश्व पौडेलले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको वडा अध्यक्ष लेखबहादुर तामाङ(दर्शन)ले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार वडामा विभिन्न संघसंस्था र ब्यत्तिले गरि १६ लाख बराबरको खाद्यान्न लगायत राहत सामग्री सहयोग गरेको समेत बताए । वडा अध्यक्ष लामाले कोरोना विरुद्धको लडाईमा विदेश तथा स्वदेशमा रहेर सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यबाद ज्ञापन गदै जो जहाँ रहेपनि नेपाल र नेपालीको पीडामा एक हुदै हुनेले नहुनेलाई सहयोग गर्नुपर्ने बताए ।

यसैवीच पोखरा नम्वर १३ ले मंगलबारदेखि खाना पकाएर खुवाउन सुरु गरेको छ । वडाभित्र रहेका नागरिकको घरमा खाना खान समस्या भएकाहरुलाई खाना पकाएर खुवाउने ब्यवस्था गरेको अध्यक्ष तामाले जानकारी दिए । दैनिक विहान र बेलुका खाना पकाएर खुवाउने ब्यवस्था गरेका छौ अध्यक्ष लामाले भने,‘वडामा कोही पनि भोकै बस्नुपर्ने छैन् । हामीले कोही भोकै नहोस भनेर खाना खुवाउने ब्यवस्था गरेका छौ ।’ अध्यक्ष लामाका अनुसार भगवती क्याटरिङले खाना पकाउन सहयोग गरेको छ भने खाद्यान्न वडा आफैले ब्यवस्थापन गरेको छ ।

Comments are closed.