पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

पोखरा ,
                                पोखरा १३ को वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । यसअघि वडा अध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।१३ को वडा सदस्य पदका लागि सागर बरालले अटेरी उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तह दलरहित बनाउनेमाग सहित पोखराका गनेस पौडेलले सुरु गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ ।
साथै, निर्वाचन लक्षित कार्यक्रममा जुटेको अटेरी अभियानले आउँदो चैत २६ गते पोखरा लक्षित घोषणापत्र सार्वजनिक गर्दै छ । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले चैत २६ गते पोखराको सिर्जना चोकमा अवस्थित ’रवि महल’ मा दिउँसो १ बजे अटेरीले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । ‘हाम्रो घोषणापत्र सार्वजनि कार्यक्रममा हाम्रा शुचेच्छुक, चासो राख्ने सबै जना आउनु होला । परिवर्तनका लागि जुट्नु होला,’ उनले भने ।

Comments are closed.