पोखरा १० साउन । पोखरा महानगरपालिका १४ का अतिविपन्न १ सय ३० परिवारलाई शुक्रबार राहत वितरण गरीएको छ । । लकडाउन र बाढि पहिरोबाट प्रभावितलाई हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले राहत वितरण गरेको हो ।
बिहिबार पनि पोखरा १४ मा रहेका सुकुम्बासी बस्तीमा ६० विपन्न परिवारलाई राहत वितरण गरिएको थियो । पोखरा १४ मा रहेका ब्यक्तिहरुलाई महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा माया थापा मगरको समन्वयमा गुम्बा स्कुलका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा राहत वितरण गरिएको हो ।
पोखरा १४ का समाजेवी एवं नेकपा गण्डकी प्रदेश सदस्य बालकृण्ण काउछा मगर, महिला अधिकारकर्मी एबं नेकपा कास्की जिल्ला सचिबालय सदस्य बिजया सुवेदीको सक्रियता र सहभागीतामा राहात बितरण गरिएको हो । पाल ऐ हाम नामग्याल गुम्बाका सचिब सोनाम लामाले महानगरका विभिन्न वडामा बाढि र पहिरोमा परि ज्यान गुमाएका परिवार मानव सेवा आश्रम लगायत बृद्धाश्रमहरुमा गरी सात सय परिवारलाई राहत वितरण गरेको बताए ।
महिला मानव अधिकार रक्षक संञ्जाल कास्कीको अध्यक्ष तारामाया थापा मगरले पोखरा १४ मा साँच्चिकै बिपन्न परिबारलाई पहिचान गरि राहात बितरण गरिएको बताउदै सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गरिन् । यस्तै विहिबार पोखरा १४ को विजय बस्ती टोल वेलचौतारा, रातो डांडा, बिजयपुर आनन्द टोल घट्टेकुलो, साधनामार्ग र नयाँ बस्तीमा बसोबास गर्दै आएका दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न गरी ६० जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।
राहत वितरण गर्ने जानकारी पाएपछि आफनो वडाभित्र विहान बेलुका हात मुख जोर्न समस्या भएका घर परिवारको पहिचान गरि राहत वितरण गरिएको अध्यक्ष तारामाया थापा मगरले बताइन् । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।
Comments are closed.