पोखरा, ८ पौष
राष्ट्रिय गौरवको योजना पुष्पलाल मध्यपहाडी राजमार्ग पीडित संघर्ष समितिले चरणवद्ध आन्दोलनको क्रममा शुक्रबार पोखरा १६ का सडक सरोकारवालाहरुले पोखरा महानगरको कार्याकालमा धर्ना दिएका छन् । पोखरा महानगर अगाडि धर्नामा उपस्थित स्थानीयहरुले आफूहरु विकास विरोधी नभएको तर विकासको नाउँमा धार्मिक, ऐतिहासिक सम्पदा र नितान्त व्यक्तिगत सम्पती माथि नै सडक छिर्नु गलत भएको बताएका छन् । धर्ना कार्यक्रममा उपस्थित पोखरा १६ का स्थानीय तथा रााष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधव प्रसाद कडेलले सयौं जनतालाई सुकुम्बासी बनाउने र धार्मिक, सामाजिक धरोहर नै मासेर हुन लागेको सडक निर्माणको काम रोकिनु पर्ने बताए ।
गत आम निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट लोकप्रिय मत ल्याएर उपविजेता बनेका रा.स्वा.पा. गण्डकी प्रदेश महामन्त्री कडेलले यस धर्ना कार्यक्रममा आफ्नो व्यक्तिगत साथै रा.स्वा.पा. पार्टीको तर्फबाट समेत ऐक्यवद्धता रहेको बताए । धर्नापछी रा.स्वा.पा. नेता कडेलको रोहवरमा पोखरा महानगर प्रमुख धनराज आचार्य र स्थानीय बिच वार्ता भई हाललाई निर्माण कार्य रोक्ने र उक्त कार्यको विकल्प खोज्ने सहमति भएको छ ।
Comments are closed.