पोखरा १६ मा ई.धर्मराज गुरुङ जिताऔं अभियान

हुम तमु

पोखरा,

कास्की क्षेत्र नं.२,प्रतिनीधि सभा सदस्य उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका इञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन पोखरा महानगरपालिका वडा नं. १६ मा ई.धर्मराज गुरुङ जिताऔं अभियान शुरु भएको छ।

पोखरा १६ तल्लोदिपस्थित जोगिमणी तमु समाजमा आयोजित उक्त क्षेत्रका भेलाले धर्मराज गुरुङ जिताऔं अभियान शुरु गरेको हो। उक्त अभियानका लागि जोगिमणी तमु समाजका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङ संयोजक र क्या.चोकबहादुर गुरुङ सहसंयोजक रहेको २३ सदस्यीय समिति गठन भएको छ।

हात चिन्हमा अत्याधिक मतदान गर्न आग्रह गर्दै गठित समितिको सदस्यहरुमा लोकबहादुर गुरुङ, केशरी गुरुङ, सन्तोष गुरुङ, रेशम गुरुङ, प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ, पशुपति भट्टराई, नवराज बाँस्तोला, सुवेदार जगत सुवेदी, क्या.दुर्गाबहादुर गुरुङ, क्या.भगतबहादुर गुरुङ, डम्बर बहादुर गुरुङ, रितु गुरुङ, कविता गुरुङ, होमकुमारी गुरुङ, मसन्ती गुरुङ, युमाया थापा, दुर्गादेव् िगुरुङ, मिनु गुरुङ, तिलु भण्डारी, देवी कुमारी गुरुङ रहनुभएको निर्वाचन परिचालन समिति कास्कीका संयोजक गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो। उक्त कार्यक्रमका सहभागीहरुले यस भन्दा अघि आफुले दिएको भोट दुरुपयोग गरेको भन्दै इमान्दार नेतृत्व चयन गर्नका लागि कुनै पनि राजनीतिक पार्टी नभनी धर्मराज गुरुङ विजयी गराउन आफुहरु जुट्ने बताएका थिए।

कार्यक्रममा उम्मेदवार ई.धर्मराज गुरुङले आफ्नो परिचयसहित समाज ऐन कानुन निर्माण, भ्रष्टचार, कमिशन, कालोबजारी, ढिलासुस्तीको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणका लागि आफु इमान्दारीपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

समाजका अध्यक्ष क्या.डम्बरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद गुरुङ, नेताहरु हुमबहादुर गुरुङ, हेमबहादुर थापा, काशीमाया गुरुङ, किसन विश्वकर्मासहित स्थानीय केशरी गुरुङ, क्या.दुर्गाबहादुर गुरुङ, क्या.चोकबहादुर गुरुङ, क्या.इश्वर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक समाजवादी पार्टी प्रदेश उपाध्यक्ष दिपक तामाङले जानकारी दिनुभयो।

समाजवादी पार्टी वडा नं.३३ र १६ मा निर्वाचन परिचालन कार्यालय

 

बैकल्पिक राजनीतिक शक्तिको दावी गर्दै आएको समाजवादी पार्टीले कास्की क्षेत्र नं. २ का उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन पोखरा महानगरपालिका वडा नं. ३३ र १६ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरिएको छ। उक्त दुवै कार्यालयको उम्मेदवार धर्मराज गुरुङले उदघाटन गर्नुभएको हो।

वडा नं.३३ भरतपोखरीमा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार ई.धर्मराज गुरुङ, नेताहरु देवीप्रसाद सुवेदी, हेमबहादुर थापा, काशीमाया गुरुङ, गिरीप्रसाद गुरुङ, टिकाराम पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुहुदै हात चिन्हमा मतदान गरी इमान, जमान, कर्मठ उम्मेदवार गुरुङलाई विजयी गराउन आग्रह गर्नुभएको थियो।

यसरी नै पोखरा १६ दीपमा आयोजित निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङले मुलुक भ्रष्ट बनाउने पार्टीका उम्मेदवारहरुलाई नभई समृद्ध नेपाल निर्माणको कार्यक्रमसहित उदाएको समाजवादी पार्टीको हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। बेइमानहरुलाई विस्थापित गर्न आफ्नो उम्मेवारी समेत रहेको भन्दै कर्मशील हात चिन्ह सबैको रोजाई हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेताहरु गणेशमान गुरुङ, देवी प्रसाद सुवेदी, दीपक तामाङ, गिरीप्रसाद गुरुङ लगायतले समाजवादी पार्टी किन र समाजवादीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङको आवाश्यकता किन भन्ने बारेमा विचार व्यक्त गर्नुहुदै मुलुकलाई बर्बाद गर्नेहरुलाई निर्वाचनकै बेलामा चिन्नुपर्ने बताउनुभयो।

हात चिन्ह लिएर चुनावी मैदानमा रहनुभएका समाजवादी पार्टीका उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन पोखरा १६ चिरुवा ढुंगा खरिकुनामा धर्मराज गुरुङ चिताऔं समिति गठन भएको छ।

आइतवार सम्पन्न चुनावी सभाले सन्दीप गुरुङ संयोजक, विजय तामाङ सचिव रहेको १७ सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यहरुमा गणेश विक, सुनिल आचार्य, विराज तामाङ, सुवास विक, सन्तोष परियार, सोमबहादुर सुना, बीरबहादुर गुरुङ, देवी सुनार, कमला विक, पार्वती विक, मिश्री गुरुङ, बौद्ध श्री परियार, शान्ति गुरुङ र सविता केसी रहनुभएको छ।

भेलामा मन्तव्य व्यक्त गर्नुृहुदै उम्मेदवार धर्मराज गुरुङले समान ऐन, कानुन निर्माणका साथै मुलुकको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। नेता वा जनप्रतिनीधि जागिरे नभई सेवकको रुपमा क्रियाशील रहनुपर्ने बताउनुहुदै चिरुवा ढुंगा खरिकुनाको बाटो, बत्ति, ढल लगायतको समस्याहरु रहेकोमा आफुलाई निर्वाचित गराएमा आधारभुत सेवा सुविधाबाट जनताको अधिकारको रुपमा स्थापित गराउने बताउनुभयो ।

सन्दिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद सुवेदी, नेताहरु सोमबहादुर नेपाली, गिरीप्रसाद गुरुङ,विद्यार्थी नेता नेत्र चापागाई, एकबहादुर गुरुङ लगायतले हात चिन्हमा जनतको साथ रहने बताउनुभयो भने कार्यक्रम संचालन दिपक वाइबा तामाङले गर्नुभएको थियो।

Comments are closed.