पोखरा १८काँग्रेसका इकाई अध्यक्ष माओवादीमा प्रवेश

पोखरा,

पोखरा महानगरपालिका १८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।४९ सालकी जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीको जनप्रतिधीको उम्मेदवार भएर दलितको अधिकार र जताको अधिकार दिलाई दिनुपर्ने बताइन । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन ।नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको भन्दै दुख पोखे । आगामी दिनमा माओवादीमा नै रहने भन्दै वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।उक्त प्रचार प्रसारलाई सम्बोधन गर्दै पोखरा १८ मा माओवादी केन्द्रकाबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको जानकारी दिए । उनले माओवादी पार्टी नभइ जनताको साथी रहेको धारणा राखे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिन परेको उनले सुनाए ।पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत १५  जनाले पार्टीमा प्रवेश गरोका छन् ।पोखरा १८ गोठादी का हेम बहादुर थापा  २०४९ हुन । थापालेपनि पोखरा १८ मा माओवादीको जित सुनिश्चित रहेको बताए ।पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।ज्यारजतीबाट सुरु भएको गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारम पुगेर प्रचार प्रसारको कार्याक्रम समापन भएको थियो ।

Comments are closed.