पोखरा २१ मा ने.बि.संघको सस्थापक कमिटी गठन

पोखरा, ३ वैशाख ।

मनिषा लामिछाने,

नेपाली कांग्रेस पोखरा २१, शिवालयचोकमा नेपाली कांग्रेसको पार्टी कार्यलयमा नेपाल बिद्यार्थी संघको सस्थापक कमिटी गठन भएको छ । उक्त भेलाबाट खेमराज सुबेदीको नेतृत्वमा सर्बसम्मत रूपमा १४ सदस्यीय सस्थापक कमिटी गठन गरेको छ ।


जस अनुसार सल्लाहकारमा केबल गिरी, बिजय राज आचार्य, योगेन्द्र सुवेदी, दिपक अधिकारी, राजन पोखरेल र सभापतिमा खेमराज सुबेदी (सुरज) त्यसैगरी उपाध्यक्षमा सौगात पोखरेल, बिमल अधिकारी र सचीवमा ममता कार्की, सह-सचीवमा सुलभ कार्की, प्रजोल पराजुली, सागर सुवेदी, कोषाध्यक्षमा बिनिता लामिछाने र सदस्यहरुमा सन्तोष अधिकारी, प्रबिन सुनार, अनिस सुनार, सबिन अधिकारी, बबिता लमिछाने र बिनायक लामिछानेलाई चयन गरकोे छ ।

उक्त कार्यक्रमको प्रमुख अथितिको आतिथ्यता कास्की क्षेत्र न २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेस, कास्की क्षेत्र न, २ निबर्तमान सभापति बिजय राज आचार्यले ग्रहण गरेका थिए भने त्यसैगरी संयोजकमा दिपक अधिकारी र कार्यक्रमको सभापतिमा नेपाली काग्रेस वडा न,२१ का इकाई सभापति केबल गिरी गरी अन्य अतिथीहरुमा नेपाली कांग्रेस, वडा नं. २१ का इकाइका पदाधिकारीहरु, क्षेत्रीय प्रतिनिधिहरुका साथै नेपाल बिद्यार्थी संघ, कास्कीका सक्रिय विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

Comments are closed.