पोखरा १३ जेठ । कोरोना भाइरसको संक्रमण फैलिदै गएको छ । संक्रमण फैलिन नदिन पोखरा महागनरले वडा वडामा क्वारेन्टाइन निर्माण गर्न वडा कार्यालयहरुलाई पत्रकार गरेको छ ।
तीन दिनभित्र क्वारेन्टाइन स्थलको छनोट गरी पठाउन मंगलबार ३३ वटै वडालाई पत्राचार गरेको छ । विदेश तथा अन्य जिल्लाबाट भित्रने ब्यक्तिहरु जुन वडाका हुन त्यही वडाले क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन महागनरले क्वारेन्टाइन बनाउने तयारी गरेको हो । यसैवीच पोखरा महागनरको २१ नम्वर वडाले वडास्तरीय बजेटलाई रकामान्तर गदै कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ ।
पोखरा २१ का अध्यक्ष खगराज आचार्यका अनुसार वडास्तरीय बजेटबाट १५ लाख रुपैयाँ रकमान्तर गरिएको छ । वडा समितिको जेठ ६ गते बसेको बैठकले रकम रकमान्तर गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । उक्त रकमबाट कोरोना संक्रमण नियन्त्रणका लागि आइसोलेसन वार्ड निर्माण र आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि बजेट खर्च गरिने छ ।
Comments are closed.