पोखरा २३ मा एमालेको चुनावी कार्यक्रम तीव्र


पोखरा,
पोेखरा महानगरपालिका वडा नं २३ मा नेकपा एमालेको चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीव्र बनाइएको छ । वडाका रैकर, मैदान, पोखरी, बाम्दी लगायतका गाउँमा प्रचारप्रसार गरिएको एमाले नेता अर्जुन क्षेत्रीले जानकारी दिएका छन् । उनले वडा न.२३ का मतदाता एमाले उमेद्वार देखेर उत्साहित भएको बताए उनले बताए । अबको निर्वाचनमा ७ सूर्यमा ७ छाप लगाएर एमालेमय बनाउने मतदाताले उद्घोष गरेका छन् ।
पोखरा २३ को वडाध्यक्षमा शिवलाल पराजुलीको उमेद्वारी छ ।  २०३९ र २०४४ मा गरी २ पटकसम्म प्रधानपञ्चमा निर्वाचित उनी चापाकोट प्रा.विका पूर्व प्रधानाध्यापक समेत हुन् । उनले वडा नं २३ को विकासका लागि एमाले बाहेक अरु पार्टीको विकल्प नभएको बताएका छन् । यस्तै वडाको सदस्यमा चेतबहादुर क्षेत्री  (अर्जुन) खुल्ला, शान्ति शर्मा पराजुली महिला, फवेन्द्र कुमार गुरुङ खुल्ला र रीता सुनार दलित महिला सदस्य पदका उमेद्वार रहेका छन् ।

Comments are closed.