पोखरा – २८ कालिकामा आठौं खुल्ला तीजगीत प्रतियोगिता २०७५
पोखरा – २८, कालिका
पोखरा महानगरपालिका वडा नं २८ कालिकामा विगतका वर्षजस्तै यस वर्ष पनि खुल्ला तीजगीत प्रतियोगिता हुने भएको छ। “युवाको पहिचान, समाज सुधारमा हाम्रो अभियान, सँस्कृतिक कार्यक्रम कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ कालिका सामुदायिक युवा क्लबको आयोजनामा यही भाद्र २७ गते हरितालिका तीजको दिनमा कार्यक्रम तय भएको छ।
नेपाली समुदायको एक लोकप्रिय पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गर्दै महिला दिदि बहिनीहरूको सम्बन्ध मजबुत बनाउनका लागि तीजगीत प्रतियोगिता हुने भएको छ। समाजको परिवर्तनका निम्ति युवाको भुमिका त्यसमा पनि कला, संस्कृतिको संरक्षणको आवश्यकता रहेको समयमा विकृति र विसंगति रहित समाज निर्माण गर्ने र मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने हेतुले कार्यक्रमको आयोजना गर्न लागिएको क्लबका सचिव सागर अधिकारले जानकारी दिए। विगतमा पनि प्रत्येक वर्ष तीजगीत प्रतियोगिता,स्वास्थ्य शिविर, सरसफाइ, जनचेतना अभिवृद्धि मुलुक कार्यक्रमको आयोजना र वडामा रहेका प्रत्येक संघ संस्थाले आयोजना गरेका सामाजिक कार्यमा क्लव सधैं सक्रिय रहेको र विगतका वर्षहरूमा झै यो वर्ष पनि क्लबका कार्यक्रमप्रति आर्थिक, भौतिक, नैतिक सहयोगको अपेक्षा रहेको र सम्पूर्णलाई सहयोगका लागि क्लब सचिव अधिकारीले अनुरोध गरेका छन्। त्यस्तै कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति हुने छ।
Comments are closed.