पोखरा ३० मा अटेरी उम्मेदवार घोषणा

पोखरा ।
                      पोखरा ३० मा वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । वडाध्यक्ष पदका लागि सुजन कमरले उम्मेदवारी घोषणा गरेका हुन् ।स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित पोखराका गनेस पौडेलले सुरुआत गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ । देशभरबाट नगरप्रमुख र वडाध्यक्ष तथा सदस्य पदका लागि धमाधम अटेरी उम्मेदवारी घोषणा भई रहेको छ ।
 यस्तै, यही आउँदो चैत २६ गते पोखरा लक्षित कार्ययोजना २०७९ सार्वजनिक गर्दै छ । पोखराको सिर्जजनाचोकमा अवस्थित रवि महलमा दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा पोखराबासि मतदातालाई सरिक हुन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

Comments are closed.