पोखरा ६ मा आइतबार एमालेका मेयर, उपमेयरका उमेद्वारसहित भेला हुने


पोखरा, २४ वैशाख ,
पोखरा महानगरपालिका वडा नं ६ मा शनिबार नेकपा एमालेका तर्फबाट वडाका उमेद्वारले आम मतदातालाई मतदानको प्रक्रियाका विषयमा जानकारी गराएका छन् । आज घरदैलो कार्यक्रमका उमेद्वारले मतदातालाई मतदान सम्बन्धी शिक्षा प्रदान गरेका हुन् ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले हरेकमा टोलमा भएका विभिन्न समस्यालाई आफ्नो टिमले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । आसन्न निर्वाचनमा सूर्य चिन्हमा भोट गरेर आफूलाई मात्र नभएर आफ्नो टिमका सबै सदस्यलाई जिताउन समेत भट्टराईले मतदाता समक्ष अपील गरेका छन् ।
आजको घरदैलो कार्यक्रम पार्टीको चुनाव प्रचारप्रसार कार्यालयबाट सुरु भएर बंलादी, डिहीकोपाटन, कुलोको डिल, जरेबर र बुलौदी हुँदै कोपिला मार्गमा पुगेर सम्पन्न भएको थियो ।
उक्त वडामा भोलि आइतबार एमालेका तर्फबाट मेयरका उमेद्वार कृष्ण थापा र उपमेयरका उमेद्वार मञ्जुदेवी गुरुङको सहभागितामा पार्टीको तर्फबाट कोणसभा आयोजना गर्ने छ । कार्यक्रममा सांस्कृति प्रस्तुती समेत हुने बताइएको छ । सांस्कृतिक कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले प्रस्तुती दिने बताइएको छ ।

Comments are closed.