माओवादी केन्द्रद्वारा पोखरा बसपार्क निर्माणको प्रतिबद्धता

पोखरा का सुकुम्बासीलाई माओवादीको भर


पोखरा,

पोखरा महानगरपालिका वडा नम्बर–९ का सुकुम्बासीले माओवादीप्रति भर गरेका छन् । वर्षौंदेखि बसेका सुकुम्बासीले माओवादी नेतृत्वमा आएपछि लालपूर्जा पाउने आशा गरेका हुन् ।

यसअघि एमाले, कांग्रेसलाई पटक/पटक जितायौं तर उनीहरुले हामीलाई लालपूर्जा दिएनन् त्यसैले यसपटक माओवादीलाई जिताउने हो भन्दै आफूहरुलाई मत दिने प्रतिबद्धता जनाएको नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बमबहादुर कार्कीले जानकारी दिए । सुकुम्बासीहरुको भनाई उदृत गर्दै उनले भने,‘यसअघि हामीले कांग्रेस एमालेबाट पटक/पटक धोका पायौं । अब हामीलाई माओवादीको मात्र भर छ । त्यसैले यसपटक माओवादीलाई भोट हाल्छौं ।’सो अवसरमा माओवादी उम्मेदवारहरुले सुकुम्बासीलाई लालपूर्जा दिलाई छाड्ने वचन दिए । साथै उनीहरुले पोखरा बसपार्क निर्माणकोपनि प्रतिबद्धता जनाएका छन् ।पोखरा–९ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा बमबहादुर कार्की, महिला सदस्यमा मीनाकुमारी गुरुङ, दलित महिला सदस्यमा सुनिता दर्जी तथा खुल्ला दुई सदस्यमा आशबहादुर विक र रामबहादुर बयलकोटी उम्मेदवार छन् ।
पोखरा १२ मा घरदैलो गर्दै सुकुम्बासी बस्ती पुगेका नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले उनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।सो अवसरमा स्थानियले जुन पार्टीलाई भोट दिएपनि काम नगरेकाले राजनीतिप्रति वितृष्णा जागेको बताएका थिए । साथै उनीहरुले अब त भोट हाल्ने मन मरेपनि माओवादीसँग थोरै भएपनि आशा जागेकाले यसपटक माओवादीलाई भोट हाल्ने प्रतिबद्धता जनाएको माओवादीकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् ।स्थानियले गुठी व्यवस्थापनलगायतका समस्या रहेकाले यसको समाधानका लागि पहलकदमी लिनपनि माओवादी केन्द्रका उम्मेदवारहरुलाई सुझाव दिएका थिए । माओवादी उम्मेदवारले शनिबार शान्ति मार्ग, चापापानी, शितलादेवी, थकाली समाज वरपरका क्षेत्रमा घरदैलो गरेको पराजुलीले जानकारी दिईन् ।पोखरा–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा गोविन्दप्रसाद घिमिरे, महिला सदस्यमा चन्द्रा पराजुली, दलित महिला सदस्यमा मीनाकुमारी कामी तथा खुल्ला दुई सदस्यमा दीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा उम्मेदवार छन् ।

Comments are closed.