पाेखरा १२ बैशाख/ पोखरामा फोर्ड कम्पनीका गाडी लोकप्रिय भन्दै गएको छ । भारतमा उत्पादित फोर्ड कारको गण्डकी– धौलागिरीका लागि आधिकारीक बिक्रेता पोखरामा रङ्गशालामा रहेको अटोभेन्चर प्रालिले फोर्ड कम्पनीका कार अहिले पोखरेलीले बढी मन पराएको बताएको छ । फोर्ड कम्पनीका कार मध्य पनि ईकोस्पोर्ट धेरैको रोजाईमा परेको कम्पनीले प्रालिले जनाएको छ ।
कम्पनीले गएको महिना मात्रै १२ गाडी विक्री गरेको छ भने गएको बर्ष ८० वटा फोर्ड कम्पनीका गाडी विक्री भएको प्रालिका म्यानेजर छवि गौतमले जानकारी दिए । ‘पोखरामा फोर्ड कम्पनीका गाडी धेरैले मन पराएका छन्’ गौतमले भने ‘त्यति धेरै महङ्गो पनि नभएको र सुविधा पनि धेरै भएका कारण यो धेरैको रोजाई बनेको छ ।’
पोखरामा डाक्टर, व्यापारी, पर्यटन व्यवसायी र ईन्जिनियरहरुले धेरै फोर्ड गाडी खोज्ने गरेको कम्पनीले जानकारी दियो । फोर्ड, ईकोस्पोर्ट, एफ् नाइन्टी, क्लासिक र फियष्टा गाडीहरु अटोभेन्चरले बिक्री गर्दै आएको छ । यसमा राम्रो लुक्स, पावर विन्डो, एसी, ब्लूतुथ कनेक्ट, हाइ ग्राउण्ड क्लियरेन्स लगायतका सुविधा गाडी रहेको सेल्स कन्सलटेन्ट छवि गौतमले जानकारी दिए ।
दुई अगाडी करिव १० करोडको लगानीमा खुलेको अटोभेन्चरले हालसम्म एक सय ८० वटा फोर्ड कम्पनीका गाडी बिक्री गरिसकेको छ । १९ लाख ५० हजार देखि ९० लाखसम्म गाडीहरु बिक्रीका लागि रहेको गौतमले जानकारी दिए ।
पछिल्लो समय गाडी चढ्ने व्यक्तीहरु बढ्दै गएको र फोर्ड कम्पनीका गाडीको माग पनि बढीरहेका कारण यसको अझ बढी बिक्री हुन सक्ने प्रालिले जनाएको छ । अटोभेन्चर प्रालीले आफ्नै अध्याधुनिक सो–रुम, सुविधा सम्पन्न सर्भिस सेन्टर र सर्वसुलभ स्पेयर पार्टस पनि उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.