पोखरेलीबाट ६२ घरधुरी चेपाङलाई जस्तापाता

Jastapata-for-Chepang-at-Dhadingबैखरा २९ बैशाख/भूकम्पले देशभरी क्षति पुर्‍याएपछि देश तथा विदेशबाट पीडितलाई विभिन्न सहयोग गरिरहेका छन् । पोखराका विभिन्न संघ संस्थाको पहलमा देशका विभिन्न ठाउँका पीडितलाई सहयोग तथा राहत प्रदान गरिरहेका छन् । यसैक्रममा प्रवासीहरुले गरेको सहयोग लिएर पोखरेलीहरु चेपाङ बस्ती पुगेका हुन्

पोखराको शितलचौतारा टोल विकास संस्थाबाट धादिङको पिडा गाविस ४ स्थित चेपाङ बस्तीमा ६२ घर धुरीको लागि टिन ९जस्तापाता० वितरण गरेको संस्थाका सहकोषाध्यक्ष मोहनराज बरालले बताए ।
उनले भने, ‘चेपाङ जाति एक त आफैमा पिडा बोकीरहेका बेला झन् भूकम्पले तहसनहस पारिदियो, बर्खा शुरु हुनै लाग्दा घर छाउने जस्तापाता लगेर वितरण गरेका हौ ।

प्रवासमा रहेका धेरै साथीहरुले फेसबुकमा कुरा गर्दै सहयोगको प्रतिबद्धता जनाएपछि सहयोगको अभियान थालिएको उनले जानकारी दिए । कम्तिमा बस्ने घरको ओत भयो भने जीवन त गुजारा चलाउन सजिलो होला भनेर वितरण गरेको बराल बताउँछन् ।

पोखरा–१७ छोरेपाटन स्थायी घर भइ हाल बेलायतमा रहदै आएका नबीन गुरुङले १५ घर धुरीलाई पर्ने जस्तापाता उपलब्ध गराएका थिए । युकेका अनिल श्रेष्ठ, विक्रम खत्री लगायत नेपाल र भारतका विद्यार्थीबाट संकलित ३० हजार रुपैंया पनि पत्रकार रञ्जन अधिकारीले चेपाङ बस्तीका लागि भन्दै संस्थालाई नै हस्तान्तरण गरेका थिए ।

Comments are closed.