पोखरेली ट्वीटेले निकाले शान्ति तथा सद्भाव र्‍याली

पोखरा ८ भदौ
सामााजिक संजाल ट्वीटर चलाउने पोखरेली युवाले मंगलबार साँझ पोखरामा शान्ति तथा सद्भाव र्‍याली निकालेका छन् । सोमबार कैलालीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै हातमा मैन बत्ति लिएर देशमा शान्ति र सद्भावको कामना गर्दै स्वतःस्फूर्त रुपमा उनीहरुले र्‍याली लिकालेका हुन् । IMG_8242_Tweeter user candle march
पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकदेखि महेन्द्रपुल हुँदै फेरि चिप्लेढुङ्गा विपीचोकमा आएर सामुहिम रुपमा मैन प्रज्ज्वलन गरी कैलाली घटनामा एसएसपी लक्ष्मण न्यौपाने लगायत ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरेका थिए ।
पोखरेली ट्वीटेहरुले कैलाली घटनामा दोषीलाई कारवाही गर्न माग गर्दै जातीय सद्भाव र देशमा शान्ति अमनचयनका लागि ध्यान दिन राजनीतक नेतृत्वलाई आग्रह गरे । जातजाति, धर्म, बर्ग, लिङ्ग भन्दा माथि नेपाली भएर सोँच्न उनीहरुले आग्रह गरे । ¥यालीमा झण्डै ५० जना पोखरेली ट्वीटे सहभागी थिए । विभिन्न समुदायलाई भड्काउने र उक्साउने खालका गतिविधी नगर्न र देशको यस्तो अवस्थामा धैर्य तथा सम्यम भएर लाग्न उनीहरुले आग्रह गरेका छन् ।
यसैबीच पोखराको इन्जिनियरिङ्ग अध्ययन संस्थान लामाचौरमा अध्ययन गर्ने विद्यार्थीले पनि पोखरामा मंगलबार साँझ शान्ति तथा सदभाव र्‍याली निकालेका छन् । सोमबार कैलालीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थी एवम् युवाहरुले स्वतःस्फूर्त रुपमा क्यामपस गेटबाट के आई सिंह पुलसम्म राष्ट्रिय झण्डासहित र्‍याली प्रदर्शन गरेको कार्यक्रम संयोजक सागर बस्याल र आदिप बस्नेतले जानकारी दिए ।

Comments are closed.