पोखरा, २८ जेठ
पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस
नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश
सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको
छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको
बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन
सुझाव दिएका छन् । उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई
अझ प्रभावकारी बनाउँदै सोही अनुसार बजेट निर्माण गर्न आग्रह गरेका छन् ।
कोरोनाका कारण थला परेको पर्यटनलाई टिकाइ राख्न र यो विषम परिस्थितिमा
कृषिलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने उनीहरुले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दीर्घकालीन
विकासलाई जोड दिएर महानगरपालिकाले बजेट निर्माण गरिरहेको बताए । कोरोना
नियन्त्रण, रोकथाम, उपचार प्रभावकारी बनाउँदै खुद्रे योजना नभइ
दीर्घकालीन महत्व राख्ने योजनालाई बजेटमा समेटिने उनले बताए । कास्कीका
राजनीतिक दल, सांसदहरुको सुझावलाई बजेटमा समावेश गरिने प्रतिबद्धता समेत
जिसीले गरेका थिए ।
कार्यक्रम बोल्दै सांसद तथा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक
कोइरालाले दीर्घकालीन विकासमा जोड दिँदै महानगर भित्र गरिबीको रेखामुनी
रहेकाको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले महानगरको बजेटमा स्वास्थ्य,
शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताए ।
सांसद मनबहादुर गुरुबले अबको २ वर्षमा पोखरामा सुकुम्बासी समस्या समाधान गनेर्
गरी महानगरले योजना ल्याउनु पर्ने बताए । उनले पोखरामा अत्याधुनिक
बसपार्क निमार्ण सम्बन्धी ठोस योजना बनाउन र आकाशे पुल निमार्णलाई पनि
बजेटमा समेट्न आग्रह गरेका छन् ।
सांसद राजीव पहारीले कोरोनाको परीक्षण दायरलाई बढाउनुपर्ने बताउँदै
त्यसप्रति महानगरले योजना बनाउनुपर्ने बताए । आम नगरवासीको जीवन रक्षा गर्दै
सार्वजनिक सम्पतिको संरक्षण र पार्किबलाई व्यवस्थित गर्ने योजना ल्याउन उनले
आग्रह गरे । उनले सडक मर्मतलाई फास्ट ट्रयाकबाट गर्नेगरी योजना बनाउन
र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने खालका योजना ल्याउन सुझाव दिएका छन् ।
सांसद प्रभा कोइरालाले सरुवा रोग नियन्त्रण गर्ने योजनासहित महानगरले आगामी
बजेट निर्माण गर्नुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापन, धुवा, धुलोरहित
सहर निर्माणलाई प्राथमिकता दिन पनि महानगरलाई आग्रह गरिन् । उनले कोरोना
रोकथामको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
सांसद गायत्री गुरुबले समृद्ध महानगर बनाउने योजना ल्याउन आग्रह गर्दै
कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर आगामी बजेट बनाउन सुझाइन् ।
उनले आवश्यकताका आधारमा योजना बनाएर बजेट निर्माण गर्न आग्रह गरिन् ।
सांसद मीना गुरुबले जनतालाई रोग, भोक र शोकबाट मुक्त बनाउने योजना
ल्याउनु पर्ने बताइन् । उनले असंगठित क्षेमा काम गर्ने मजदुरहरुको विवरण
संकलन गर्न आग्रह गरिन् । सांसद पुष्पा केसी भण्डारीले पोखराको भूगोल अनुसार
विकासलाई प्राथमिकता दिएर योजना ल्याउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आम नागरिकको जीवन
रक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउँदै प्रकृति मैत्री दीगो
विकासलाई जोड दिनुपर्ने बताए । उनले महानगर भित्र विकट ठाउँहरु पनि भएकाले
त्यस्ता ठाउँहरुलाई प्राथमकितामा राखेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए
। उनले कोरोना रोकथाम नियन्त्रण, उपचारलाई प्रभावकारी बनाउँदै विकास
निर्माणलाई जोड दिन आग्रह गरे ।
जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुबले महानगर भित्र रहेको
स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै दीगो विकासलाई जोड दिनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष गणेशबहादुर ढकालले कृषिलाई
प्राथमकिता दिएर बजेट निर्माण गर्न सुझाए ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा नगर समिति सभापति बजीरमान श्रेष्ठ, जनता
सामाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम पौडेलले पनि सहरलाई व्यवस्थित
बनाउने र महानगरको सेवालाई सेवाग्राही मैत्री बनाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा सहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष डाक्टर
रामचन्द्र लामिछानले कोरोनाको प्रभाव र असरको अध्ययन, अनुसन्धान गरेर त्यसमै
केन्द्रित भएर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी रहेको बताए । महानगरका
लेखा प्रमुख जयराम पौडेलले चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था र आगामी
वर्षको बजेट बारे प्रस्तुति राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेल, अनुगमन शाखा
प्रमुख किरणप्रसाद कोइरालाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा महानगरले
गरिरहेको कामको बारेमा जानकारी गराएका थिए ।
Comments are closed.