प्रक्रियासंगै सहमती जारी रहन्छ – ज्ञवाली

पोखरा, ३ चैत / नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सहमतीका लागी संविधानसभामा भोटे ताल्चा लगाएर अब धेरै समय कुर्न नसकिने बताएका छन् । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानसभालाई अर्निणयको बन्दी बनाउन नसकिने र अबको एक÷दुई दिनभित्रै प्रक्रिया सुरु हुने बताए । अब संविधान निर्माणको प्रक्रिया अगाडि बढ्ने र वार्तालाई पनि जारी राख्ने उनको भनाई छ ।
उनले देशले भुठभेड नभएर सहमती खोजेको बताउँदै एमाओवादी लगायतका विपक्षिले घोषणा गरेको आन्दोलनले संविधान सभाबाट संविधान बनाउन चाहँदैनन् भन्ने पुष्टि भएको आरोप लगाए । उनले घोषणा गरेको आन्दोलनलाई गैह्र जिम्मेवार, अराजकता र देशलाई मुठभेड तर्फ उन्मुख गराउन खोजेको बताए । दलहरुबीच वार्ता जारी रहेको र पाँच हप्तादेखि संविधान सभा बैठकलाई स्थगित गरेर सहमतीको प्रयास गरिएका बेला आन्दोलन घोषणा गर्नु विपक्षिको गैह्र जिम्मेवारीपना भएको ज्ञवालीको भनाई छ ।
सचिव ज्ञवालीले एमाओवादीको नियतमै गम्भीर खोट देखिएको भन्दै संविधान सभाबाट संविधान बनाउन नचाहने पसष्टि भएको आरोप लगाए । उनले काँग्रेस र एमालेसंग स्पष्ट बहुमत हुदाँहुदै पनि सहमतीका लागि यति धेरै लचकता प्रस्तुत गरेको भन्दै एमाओवादी लगायतका दलहरुसँग बहुमत भएको भए आफुहरुलाई कुचो लगाएर बढार्ने बताए ।
उनले एमाओवादी लगायतका मोर्चाले आन्दोलनबाट अल्पमतलाई स्थापित गर्न खोजेको भन्दै अल्पमतले बहुमतलाई जबरजस्ती गर्न खोजिएको तर आफुहरु उत्तेजित र आवेगमा नआउने भएका कारण सहमतीका लागि संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुने बताए । संविधान सभाबाट संविधान जारी गर्न नौ ओटा प्रक्रिया पुरा गर्नुपर्ने भएकाले त्यतिबेलासम्म सहमतीको प्रयासलाई पनि निरन्तरता दिने उनले बताए ।
माधव नेपाल नेतृत्वमा नहुँदा विगतका सहमति उल्लंघन भएको भन्ने भनाई प्रति उनले एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई फुटाउने प्रयास सफल नहुने बताए ।

Comments are closed.