नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कमिटिको उपाध्यक्षमा नोभेल इन्स्टिच्युट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अधिबक्ता देबराज शर्मा, सचिबमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला, सदस्यहरुमा राजु गोर्खाली, बिश्वोकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल, प्रकाश अधिकारी र पदेन सदस्य रहने गरि तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, बिश्व प्रकाश भुषाल तनहु संयोजक, मिलन पौडेल पर्बत संयोजक र नेत्र बिष्ट बाग्लुंग संयोजक रहेको १८ सदस्यीय कमिटि सर्बसम्मत निर्बाचित गरेको हो। कास्की बाट यस अगाडी नै केन्द्रिय सदस्यमा मा सन्दिप अर्याल र युबराज पौडेल संगै गण्डकी संयोजक भुवन क्षेत्री र सहसंयोजक अधिबक्ता देबराज शर्मा केन्द्रिय भेलाबाट निर्बाचित भएका थिए।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्य को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्कीका मन बहादुर गुरुङ, नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघ का स्थाई कमिटि सदस्य राजेन्द्र श्रेष्ठ बिशेष अतिथिको रुपमा उपस्थिति थियो भने केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष किशन सुनार, गण्डकी प्रदेस सचिब मोति पौडेल, केन्द्रिय सदस्य खड्का बहादुर ताम्लिङ्ग, नेकपा एमाले भोजपुर सचिब किरण राइ, नेकपा एमाले मादी गाउपालिका अध्यक्ष बालकृष्ण गुरुङ लगाएतका अतिथिहरुको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेशका कास्की, पर्बत, बाग्लुंग, म्याग्दी, तनहु लगाएत जिल्लाबाट प्रतिनिधि हरु उपस्थित भएका थिए ।
करिब ५० भन्दा बढी परामर्श ब्यबसायीहरुको उपस्थिति रहेको सो भेलामा नेकपा एमाले नै वास्तविक जनताको पार्टी रहेको अनुभूति सम्पूर्ण जनता, उद्योगी ब्यबसायीहरुको धारणा विभिन्न माध्यमबाट सार्बजनिक भएको हुँदा सबैजना नेकपा एमाले निकट यस प्रगतिशील शैक्षिक परामर्स ब्यबसायी संघमार्फत नेकपा एमालेमा समाहित भै आसन्न स्थानीय निर्बाचनमा नेकपा एमालेलाई अत्यधिक बहुमतका साथ बिजयी गराऊन अनुरोध गरेका थिए। सोहि समारोहमा प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्स ब्यबसायिहरु बिद्यार्थी लाइ बाहिर अध्ययनको लागि पठाउने मात्र होइन बाहिरका बिद्यार्थीहरुलाई नेपाल भित्र्याई गण्डकी प्रदेशको राजधानी पोखरा संगै नेपाललाइ शैक्षिक हब्को रुपमा विकास गराउन अपिल समेत गर्नु भएको थियो। दर्ता नभई संचालनमा रहेका परामर्शको ब्यबसयीहरुको कारण इमान्दार ब्यबसायी मर्कामा परेको हुँदा त्यस्ता अबैधानिक ब्यबसयिहरुलाई कानुनी दायरामा ल्याउन समेत राज्य संग अपिल गर्नु भएको थियो।
संघका संयोजक भुवन क्षत्री को सभाध्यक्षता रहेको सो कार्यक्रममा इक्यान कास्कीका अध्यक्ष इबिन्द्र तिवारी, पूर्व अध्यक्ष मिलन तिवारी, गुनाखर सापकोटा, संगक केन्द्रिय सदस्य युबराज पौडेल, सन्दिप अर्याल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने विकास गौतमले स्वागत संगै तत्कालिन सह संयोजक अधिबक्ता देबराज शर्माले संचालन गर्नु भएको थियो।
Comments are closed.