प्रचण्डका पाँच दाउ, रामचन्द्रका ६ कमजाेरी

प्रचण्डका पाँच दाउ

०६२/०६३ को जनआन्दोलन पछिको आधा दशक नेपालको राजनीति एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरी घुम्यो । वा राजनीतिलाई उनले घुमाएर राख्ने प्रयास गरे । तर संविधानसभाको दोस्रो चुनावले उनको राजनीतिक उचाईलाई पुड्को बनाईदिएको छ । यतिभएर पनि उनी मूख्य तीन नेताको हैसियतभन्दा तल चाहिं झरेका छैनन् ।

PUSHPA_KAMAL_DAHAL_prachanda

पुरै राजनीतिलाई आफैं घुमाउने हैसियत राख्ने प्रचण्ड यतिवेला सत्ताको हिसावमा प्रतिपक्ष भएकाछन् । आम मानिसले सोच्दा हुन् आखिर शक्तिक्षिण हुँदै गरेका प्रचण्ड के सोच्दा हुन् ? यसको राजनीतिक जवाफ खोज्ने कोशिस गरेका छौं । प्रचण्डका सार्वजनिक र गोप्य अभिब्यक्ति, उनका गतिविधि र उनलाई प्राप्त भइरहेका सल्लाहको गणनावाट प्रचण्डका दाऊहरुको आंकलन गरिएको हो ।

सवैभन्दा पहिला प्रचण्ड नयाँ संविधानमा पार्टीका एजेण्डा समावेश गराएर अधिकतम जस लिने कार्यमा लाग्नेछन् । सम्पूर्ण एजेण्डा आफ्नो मात्र भएको पुष्टिगर्न सक्दा उनलाई फाईदा मात्र पुग्ने छ । जस्तो, गणतन्त्र, धर्मनिरपेक्ष, शासकीय स्वरुप, राज्यको पुन:संरचना आदिकोलागी कांग्रेस–एमालेलाई आफूहरुले लतारेर ल्याईपुर्‍याएको प्रचण्ड दावी पहिला देखिनै हुँदै आएको हो ।

यसैगरी अन्य केही विचार मिल्ने पार्टी (खासगरी माओवादी) सँग कार्यगत एकता गरेर पार्टी सवल रहेको संदेश छर्ने कार्यमा पनि प्रचण्ड लागिपर्ने छन् । यसकोलागी उनले सुरुमा बैध र यादव माओवादीलाई पार्टीमा मिसाउने छन् । त्यसपछि क्रमश : अन्य माओवादी वा वाम विचारधाराका मसिना पार्टीलाई पनि पार्टीमा ल्याउने कोशिस गर्ने छन् ।

त्यसपछि सम्मानजनक हिसावमा सरकारमा जाने र पार्टी कार्यकर्ताको गिरेको नुर उठाउने कार्यमा पनि प्रचण्ड लाग्ने नै छन् । सवैभन्दा महत्वपूर्ण, कम्यूनिष्ट प्रतिस्पर्धी एमालेलाई एजेन्डा विहीन वनाउँदै कांग्रेसको कित्तामा खाँदिदिने काम उनले सुरु गरिसकेका छन् । जसकोलागी आउँदा दिनमा सम्पूर्ण माओवादी शक्ति लागिपर्ने छ । र, पार्टीको नेतृत्व हस्तान्तरण गर्दै आफू राष्ट्रपति भएर सक्रिय राजनीतिवाट टाढा बस्ने सोच उनको हुन सक्छ ।
 दाउ
. नयाँ संविधानमा आफ्ना एजेण्डा समावेश गराएर अधिकतम जस लिने ।
. अन्य केही विचार मिल्ने पार्टीसँग कार्यगत एकता गरेर पार्टी सवल रहेको संदेश छर्ने ।

. सम्मानजनक हिसावमा सरकारमा जाने र पार्टी कार्यकर्ताको गिरेको नुर उठाउने ।

. खास प्रतिस्पर्धी देखिएको एमालेलाई एजेन्डा विहीन वनाउँदै कांग्रेसको कित्तामा स्थापित गरिदिने ।

. पार्टीको नेतृत्व हस्तान्तरण गर्दै आफू राष्ट्रपति भएर सक्रिय राजनीतिवाट टाढा बस्ने ।

रामचन्द्रका ६ कमजाेरी

प्रभावहीन शीर्ष नेताको रुपमा परिचित ।

नाके बोली, परम्परागत पुरेतको जस्तो लाग्ने पहिरन र हलुका अभिब्यक्ति दिने नेताको रुपमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको परिचय स्थापित छ । सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री, स्थानिय विकास मन्त्री लगायतको पद सम्हालि सकेका पौडेलले देश र जनताका पक्षमा कहिल्यै उल्लेख्य काम गर्न सकेनन् । पौडेललाई विचारक र विश्लेषक मान्नेहरु पनि छन् । तर आजसम्म उनले यस्तो परिचय स्थापित गर्न सकेका छैनन् ।

ramchandra paudel
रामचन्द्रले ब्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको चुनावमा डेढ दर्जन पटक हार बेहोर्नु परेको छ । पौडेलको ब्यक्तित्व घटाउन यो घटना पनि साहायक सिद्ध मानिन्छ । ड्यासिङ पावर नभएका, स्पष्ट अडान र विचार नभएका, झुत्रे नेताको इमेज वनाएका उनी नेपाली कांग्रेसमा तेस्रो बरियताका नेता हुन् । पार्टी सभापति सुशील कोइराला भन्दा अघि नै प्रधानमन्त्रीको उम्मेदवार वनेका पौडेलको राष्ट्रिय ब्यक्तित्व भने बन्न सकेको छैन ।

पदीय हिसावमा पौडेल सभापति कोइरालाका उत्तराधिकारी हुन् । तर उनी अर्का नेता शेरवहादुर देउवाको अगाडि पुड्का लाग्छन् । दोस्रो दर्जाका नेताहरु रामशरण महत, प्रकासमान सिंह, कृष्ण सिटौला लगायतकाले छलाङ मार्न सकेको खण्डमा पौडेलको ब्यक्तित्व ठिंगुरिने निश्चित छ । तर पार्टी संस्थापनको हकमा “गा“डो” नै सही उनी तन्नेरी लाग्छन् ।

कमजोरी यस्ता
१. शीर्ष नेता भनिए पनि त्यस अनुसारको ब्यक्तित्व स्थापित गर्न नसक्नु ।
२. विचारक भनेर प्रचारमा आएपनि आजसम्म आफ्नो स्पष्ट विचार सार्वजनिक गर्न नसक्नु र ल्याएका विचार पनि स्थापित गर्न नसक्नु ।
३. पद लोलुपता देखाई रहनु । सभामुख भइ सकेपछि फेरी मन्त्री भएको इतिहास होस् वा प्रधानमन्त्रीको लागि लाज मर्दो दौड धुपमा सहभागी भइरहनु ।
४. अन्तर्राष्ट्रिय संवन्ध र सम्पर्क सून्य वरावर हुनु ।
५. राजनेताको ब्यक्तित्व बन्ने मार्ग चिहाउन पनि नसक्नु ।
६. नातेदारलाई ठूला–ठूला जागिर खुवाएर विवादीत बन्नु ।

 

Comments are closed.