काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कति तलब सुविधा बुझ्छन् भन्ने विषय तपाँइको पनि चासोको विषय हुनसक्छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयबाट प्रमुख प्रतिपक्ष दलका नेताका हैसियतले तलब सुविधा बुझ्छन्। प्रचण्ड संविधानसभा दोश्रो निर्वाचनमा सिराहा – ५ बाट विजयी भएका थिए।
तलब – ४७ हजार ७ सय ७०
पानी/बिजुली – १ हजार २ सय ४८
टेलिफोन – २ हजार
आवास – २३ हजार ५ सय
मसलन्द – २ हजार
पत्रपत्रिका – ३ सय
पेट्रोल – २ सय ३० लिटर प्रति महिना (२५ हजार ७०) *१०९ रुपैँयाका दरले
मबिल – ५ लिटरको (५ हजार) *बजार मुल्य
महङ्गी भत्ता – १ हजार
सबै गरेर प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले प्रचण्डले मासिक संसद सचिवालय मार्फत १ लाख ७ हजार ८ सय ८८ रुपैँया प्रति महिना बुझ्छन्। प्रचण्डलाई प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले स्वकिय सचिवालय सुविधा उपलब्ध छ। जसमा एक जना उपसचिव, एक जना नायब सुब्बा, दुई हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी हुनेछन्।
उनीहरुलाई तलब सुविधाका लागि सचिवालयले मासिक ८८ हजार ४ सय ९० रुपैँया संसद सचिवालयले दिने गर्दछ। यो रकमबाट उपसचिवले मासिक २७ हजार ३ सय ७० रुपैँया, नायब सुब्बाले १८ हजार ८ सय, ड्राइभरले १४ हजार ६ सय ७० रुपैँया तथा कार्यालय सहयोगीले १२ हजार ९ सय ८० रुपैँया तलब पाउँछन्।
Comments are closed.