प्रचण्डले दिएको पुनरावलोकनको निवेदन सर्वोच्च अदालतद्धारा अस्वीकार

काठमाडौंचैत १९, २०७७ ःनेकपा ब्युँताउन पुष्पकमल दाहाल ’प्रचण्ड’ले दिएको पुनरवलोकनको निवेदनलाई सुनुवाइका लागि निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले फागुन २३ गते फैसला गर्दै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपाको दर्ता खारेज गर्दै पुरानै अवस्थामा फर्काइदिएको थियो ।

सो फैसलाविरुद्ध प्रचण्डले मंगलवार सर्वोच्चमा पुनरवलोकनको निवेदन दिएका थिए । from locantar news

Comments are closed.