प्रजातान्त्रीक योद्धा पौडेलको निधन , कास्की कांग्रेस स्तब्ध

पोखरा १० जेठ

नेपाली कांग्रेस कास्कीका पूर्व सहसचिव तथा महाधिवेसन प्रतिनिधी एवं प्रजातान्त्रीक आन्दोलनका योद्धा चन्द्रमणी पौडेलको आईतबार निधन भएको छ । लामोसमयदेखि अस्वस्थ्य भई उपचाररत ५७ वर्षिय पौडेलको काठमाण्डौको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
क्यान्सर रोगले ग्रस्त पौडेल २०४६ सालको प्रजातान्त्रीक आन्दोलन, ६२÷६३ सालको जनआन्दोलनमा कास्की जिल्लामा नेतृत्वदायी भुमिका निभाउँदै विभिन्न समयमा जेलजीवन समेत विताएका थिए । पौडेलको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुख ब्यक्त गरेको छ । कास्की कांग्रेसका शभापति यज्ञबहादुर थापाले शोक विज्ञप्ती जारी गर्दै पौडेलको निधनले सम्पूर्ण प्रजातन्त्रप्रेमी तथा शुभचिन्तकहरुमा गहिरो द्धोट पुगको बताएका छन् ।
“प्रजातन्त्रका लागि अविचलित रुपमा निरन्तर लडिरहने पौडेलको निधनले सबैलाई मर्माहत बनाएको छ ।”,विज्ञप्तीमा भनिएको छ , । लेखनाथ –३, खाल्टे निवासी पौडेल कांग्रेस कास्की क्षेत्र नं एकको सचिव हुदै जिल्ला सहसचिव र पछिल्लो समय महाधिवेसन प्रतिनिधीका रुपमा राजनितीमा सक्रिय रहदै आएका थिए । पौडेलका एक श्रीमती, एक छोरा र एक छोरी छन् । यसैगरी सोमवार बिहान हुने पौडेलको अन्तिम श्रद्धान्जली तथा अन्त्येष्टी कार्यक्रममा सहभागी हुनपनि शभापति थापाले विज्ञप्तीमार्फत सबैमा आग्रह गरेका छन् ।

Comments are closed.