समयको गतिसंग मानिसहरू हिडिरहेका छन। मानिसले आफ्नो गतिमा समयलाई हिडाउन भने सकेको छैन।समयले जे जे ल्याउछ मानिसहरू त्यसैको पछि पछि लागेका छन। कुनै समय थियो युवा युवतीहरू डराई डराई वोल्थे। मन परे पनि मन परेको कुरा व्यक्त गर्न डराउथे।युवाले युवतीलाई र युवतीले युवालाई मन पराउनु प्राकृतिक गुण हो। तर पनि त्यसलाई गुपचुप राखेर वर्षौ विताएका जोडिहरूका दर्दनाक कथाहरू छन। पहिलो प्रेमलाई स्वागत गर्न नपाएर जीवन भर पीडा खपेर वाचेकाहरूको कथा वेग्लै छ। जसवाट संसारमा सव भन्दा वढि पुस्तकहरू लेखिएका छन, र पढिएका पनि छन। तर जति लेखिए पनि र जति पढिए पनि पहिलो प्रेमको चिहान संझेर रूने प्रेमीहरूको आसु कहिल्यै थामिन सकेको छैन।
आज प्रणय दिवस हो।समयले युवा युवतिहरूलाइ प्रेमिल गति प्रदान गरेको छ। मनको कुरा साटासाट गर्ने क्रम पनि वढेको छ। आफ्नो पहिलो प्रेमको संझनामा गुलाफको फूल संचार प्रविधि वाटै भए पनि पठाएर मन शान्त वनाएका छन। ह्यापी भेलेन्टाय डे लेखिएका स्टिकरहरू फेस वुक , म्यासेन्जर , स्काईप र भाइवरलगाएतका माध्यमवाट आफ्नो मन भित्र गढेर वसेको मायाको सन्देश पठाएका छन। समाज हिजो भन्दा आज खुल्ला र पारदर्शी भएको छ। प्रणय दिवसमा मन साटनेहरूको संख्या पनि थाहै नपाउने गरि वढेको छ। संसारको जुन सुकै देशमा वसेको भए पनि र जसले यो चलन शुरू गरेको भए पनि मन भित्र थुनिएर वसेको प्रेमिल सरोवरहरू खोलिएका छन। शुद्ध र स्वच्छ विचार प्रवाहित भएका छन। यो सुखद अनुभूति प्रदान गर्न सफल प्रणय दिवसले सम्पूर्ण युगल प्रेमीहरूलाई युगौ युगसंम बॉंच्ने र सुखमय जीवन प्राप्त गर्ने उत्प्रेरणा प्रदान गरोस।
प्रणय दिवसको सन्दर्भमा श्रीमान श्रीमतिका वीचमा पनि वर्षौ भरि नखुलेका कुराहरू खुल्न थालेको विभिन्न श्रोतहरूवाट पाउन थालिएको छ। अंगालोमा वादिएर छोरा छोरीहरूलाई तस्वीर खिच्न लगाउने र फेसवुक र टुईटरमा समेत अपलोड गर्ने जोडीहरू यतिवेला चालै नपाउने गरि वढेका छन।यो क्रम घटदो छैन वढदो छ। यसलाइ प्रोत्साहित गर्ने काम प्रणय दिवसले पनि गरेको छ।जसले उमेरको ख्याल गर्नेहरू पत्तै नपाइने गरि घटेका छन। आफ्नो उमेरै विर्साउने र सधै तन्नेरी युवा वनाउन सक्ने प्रणय दिवसले सवैको जीवनमा सुनौलो भविष्य निर्धारण गर्न सफल होस।
Comments are closed.