प्रदिप, करन र अभिनाशलाई डेब्यू क्याप

काठमाडौं १७ असार । टी
२० अन्तराष्ट्रियमा पहिलो खेल
खेलेका तीन नेपाली क्रिकेटरलाई
‘डेब्यू क्याप’ प्रदान गरिएको छ ।
नेदरल्याण्डविरुद्धको पहिलो टी २०
खेलका क्रममा प्रदीप ऐरी, करन केसी
र अविनाश कर्णलाई क्याप दिइएको
हो । नेपाली क्रिकेट टोलीका कप्तान
पारस खड्काले तीनै क्रिकेटरलाई
डेब्यू क्याप प्रदान गरेका हुन । चार
म्याचको श्रृखला अन्तरगतको पहिलो
खेलमा नेपाल घरेलु टोलीसँग १८
रनले पराजित भएको छ । नेपालले
बंगलादेशमा भएको टी २० विश्वकप
खेल्दै ट्वान्टी २० अन्तराष्ट्रियको ढोका
खोलेको थियो । त्यसबेला वरियता
क्रम अनुसार कप्तान पारसलाई १ र
उपकप्तान ज्ञानेन्द्र मल्ललाई २ नम्बर
अंक रहेको क्याप प्रदान गरिएको
थियो । शक्ति गौचन, शरद भेसवाकर,
वसन्त रेग्मी, विनोद भण्डारी, नरेश
बुढायर सुवास खकुरेल, सागर पुन,
जितेन्द्र मुखिया र सोमपाल कामीले
पनि त्यही बेला डेब्यू क्याप लगाएका
थिए । नरेश अहिले टोलीमा परेका छैन
भने टोलीमा रहेका राजेश पुलामीले
श्रीलंकामा हङकङविरुद्धको खेल अघि
डेब्यू क्याप लगाएका थिए ।

Comments are closed.