राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्चारग्रामस्थीत त्रिमूर्ति निकेतन, सहिदगेटका चारसहिदका शालिक, त्रिपुरेश्वरस्थीत त्रिभूवन, पासाङल्हामु, राजाहरुको शालिकमा उनीहरुले सरसफाई गरी मास्क पहिराउने काम गरेका हुन् । – महेन्द्रराज सिंह ।
Comments are closed.