प्रदेश स्तरिय सुरक्षा समितिद्धारा मतदानस्थलको अवलोकन

पोखरा,

 

मंसिर १४

 

उप-निर्वाचन २०७६ लाई शान्त, सभ्य एव ं त्रुटिरहित रुपमा सम्पन्न गर्न गण्डक ी प्रदेश स्तरिय सुरक्षा समितीका पदाधिक ारी हरुद् धारा कास्की क्षेत्र नं.२ अन्तर्गतका मतदानस्थलको स्थलगत अवलोकन गरिएको छ ।

 

मतदान स्थलहरुको स्थलगत अवलोकन एवम् निरीक्षण गरि निर्वाचनलाई भयरहित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्दै मतदान गर्न पाउने आम नागरिकको हक-अधिकारलाई सुनिश्चित गर्न सुरक्षा समितीका पदाधिकारीहरुद्धारा उक्त मतदानस्थलहरुको अवलोकन गरिएको हो ।

 

अवलोकनका क्रममा पदाधिकारीहरुद्धारा मतदानस्थलमा खटिएका मतदान अधिकृत, सुरक्षाकर्मी लगायतका कर्मचारीहरुसंग उक्त मतदानस्थलहरुको वस्तुस्थिती बारे जानकारी लिनुका साथै राजनितिक दलका प्रतिनिध ि र आम मतदाताहरुलाई ढुक्क भएर मतदान गर्दै निर्वाचनलाई शान्त र सभ्य रुपले सफल बनाउने कार्यमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।

 

गण्डकी प्रदेश कार्यालयका प्रमुख सचिव हरि प्रसाद बश्याल नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर बिजयपुर पोखराका उपरथी गोकुल भन्डारी, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानीक्षक विनोद शर्मा घिमिरे, शसस्त्र प्रहरी बल नं.४ मुक्तिनाथ बाहिनी प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डे , राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश कार्यालय पोखराका अनुसन्धान निर्देशक कुलदेव थापा , गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट लगायतको टोलिले देशको एकमात्र प्रतिनिधी सभा सदस्यका लागि जारी उप-निर्वाचन कास्की क्षेत्र नं.२ अन्तर्गतका विभिन्न मतदानस्थलहरुको स्थलगत अवलोकन गरेको हो ।

Comments are closed.