प्रदेश स्तरीय पहिलो ”स्टार्टअप एण्ड आईडिया फेस्ट २०२२” गण्डकी प्रदेशमा सम्पन्न

पोखरा हटलाइन,

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्तरीय पहिलो स्टार्टअप एण्ड आईडिया फेस्ट २०२२ गण्डकी प्रदेशमा सम्पन्न भएको छ ।शुक्रबार पोखराको न्युरोडस्थित सीटी स्क्वायर बैंक्यूटमा आयोजना भएको उक्त फेस्टमा गण्डकी प्रदेशका करिब ३० ओटा स्टार्टअप कम्पनीहरुले सहभागिता जनाएका थिए ।फेस्टमै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा १४ ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसायिक आईडिया प्रस्तुत गरेका थिए । जसमध्ये पोखराको सभागृह चोक मा अवस्थित म्याजिक किउब एञ्जिनियेरिङ्ग को नाम मा दर्ता गरिएको प्रोयाफिक्स-Proaffix­_ले पनि उक्त कार्येक्रममा  सहभागिता देखाएको थियो। कार्यक्रममा कम्पनीले आफ्नो ईस्टाल राखी प्रोडक्ट प्रोयाफिक्स को बारेमा त्यहाँ आएका दर्शकहरु माझ आफ्नो धारणा र यसलाई कसरि चलाउन सकिन्छ ,मानिस हरु ले प्रयोग गर्दा कत्तिको उपयोगी छ भन्ने बारेमा जानकरी दिएको थियो।

प्रोयाफिक्स को बारेमा थप जानकारी को लागि एसको वेवसाइटमा गइ बुज्न सक्नुहुने छ।

 

Comments are closed.