प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ ः कांग्रेस सांसद कँडेल

२३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै उनले प्रश्न समेत उठाउँदै भनेका छन् ‘हिजो नेकपाले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्‍न पाउनुहुन्न ।उनले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने पनि बताएका छन् ।२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको सुनाउँदै कँडेलले भनका छन्, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्। त्यसपछि अगाडि बढ्न सक्दैन ।’संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ । अनलाइन खबरबाट साभार

Comments are closed.