प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रर्दशन

एकराज गिरी

पोखरा हटलाईन
पोखरा, असार १९

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पोखरामा प्रर्दशन गरिएको छ । स्वतन्त्र युवाहरुको नामबाट केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाउन माग गदै प्रर्दशन गरिएको हो । नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन स्थायी समिति सदस्यहरुले माग गरेपछि नेकपमा विवाद बढेको छ । सत्ता संघर्ष चुलिँदै गर्दा शीर्ष नेताहरुको पक्षरविपक्षमा कार्यकर्ताले प्रदर्शन गर्न थालेका छन्। शुक्रबार विहानै असारको दर्के झरीका बीच पोखराको चिप्लेढुङगामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरे ।  प्रर्दशनमा सहभागिले केपी ओली जिन्दावाद, नागरिकता विधेयक पारित गर, विदेशी हस्तक्षेप बन्द गर, जनमतको कदर गर्र आजलाई हैन भोलिलाई, पाँच वर्ष ओलीलाई भन्नेजस्ता नारा लगाइएकाका थिए भने अर्का पार्टी अध्यक्ष प्रचण्डले राजीनामा मैले मागेको भारतले हैन भन्ने अभिब्यक्तिको समेत विरोध गदै ‘राजीनामा मात्रै मागेको भारत भन्ने मै हुँ’ भन्ने प्लेकाड समेत बोकेका थिए ।  पोखरामा विहानै परेको पानीमा छाता ओडेर ओलीलाई पाँच वर्ष काम गर्न दिन आग्रह गरेका थिए । आन्दोलनमा सहभागी विष्णु सुवेदीले जनमतको अपमान गर्न नहुने बताउदै अहिलेको अवस्थामा ओलीलाई राजीनामा गराउनु गलत हुने बताउनुभयो ।

Comments are closed.