प्रधानमन्त्री केपी ओलीको एपेन्डिक्सको अप्रेसन।

१० मंसिर,

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको अप्रेसन गरिएको छ ।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको बताईएको छ।

Comments are closed.