——————————
आन्तरिक श्रोतवाट रकम जुटाएर पाचलाख पैतालीस हजार अनुमानित खर्च गरिने एक्स्पोले विभिन्न विधाका ४० जति प्रविधिको प्रदर्शनी गर्दैछ। यो सकारात्मक पक्षहो। मुलुकको अर्थतन्त्रको मेरूदन्डको रूपमा रहेको उद्योग तथा व्यापारिक क्षेत्रको आधुनिकीकरणमा नयॉं प्रविधिले सघाउन सक्ने कुरा मा दुईमत छैन।ईन्जिनियरिंगका विद्यार्थीहरूवाट तयार पारिएका प्रविधि प्रदर्शनीले उत्पादन तथा उपभोगमा सरलता र आधुनिकीकरणमा सहयोग पुग्ने भएका पनि यसलाई जनस्तरमा लैजान विश्वविद्यालय संग कुनै ऐन कानुन नहुदा प्रविधी प्रदर्शनी खेलौना जस्तो भएको छ। त्यसले गर्दा राम्रा प्राविधज्ञहरू विदेश पलायन भएका छन। योक्रम लाई रोक्ने लागि राज्यले नै नीति नियमहरु प्रष्ट हुने गरि प्रविधी मैत्री वनाइ दिनु पर्छ। पोखरामा पढेर डॉंफे जहाज वनाएर पोखराको आकाशमा उडाउने ईन्जिनियरहरू अहिले काहा छन सरकारलाई थाहा छैन। यस्ता धेरै उदाहरण छन।प्रविधि प्रदर्शनीमा विशेषगरि विद्यार्थीहरूले तयार पारेका सोलार कार, जलकुम्भी उखाल्ने मेसिन , भोटिंग मेसिन, पार्किंग सिस्टम, अौटोमेसिन सिस्टम , बृज मोडेल , हाइडोलिक वृंज लगायत ४० जति नमूना छन तर यसलाई सुरक्षित गर्ने र विज्ञहरूलाई स्वदेशमै काम गर्ने वातावरण वन्दैन यी प्रदर्शन प्रदर्शनकै लागि मात्र हुने छन।
विसं २०४४ सालमा विश्व वैक र यूएन डिपीको सहयोगमा भोकेसनल ट्रेडिंगकोर्षको कक्षा वाट शरू गरिएको पश्चिमान्चल ईन्जिनियरिंग क्याम्पसमा हाल एम ई संमको पढाई हुदै आएको र १६ सय विद्यार्थी अध्यायन गरिरहेको यस क्याम्पसलाई राज्यले विषेश ध्यान दिएर यसलाई उत्पादन मुखी र परिणाम मुखी वनउनु जरूरी छ।
Comments are closed.