प्रहरी निरिक्षकहरुको सरुवा, बैदाममा बिरेन्द्र, ट्राफिकमा श्यामु नै

11041706_1001321013229973_2450279459072683684_n1509772_10202905559820722_2017171454175055876_nपोखरा, ४ चैत
नेपाल प्रहरीले बुधबार एक सय ३८ जना प्रहरी निरिक्षकहरुको सरुवा निकाल्दा वडा प्रहरी कार्यालय बैदाममा प्रहरी निरिक्षक बिरेन्द्र गोदार आउने भएका छन् । बैदाममा प्रमुख भएर आउन धेरै प्रहरी निरिक्षकले जोडबल गरेका थिए । यसअघिका प्रहरी निरिक्षक सुन्दर तिवारीको बिशेष ब्यूरो काठमाडौंमा सरुवा भएको छ ।
सरुवा हुने निश्चितः भएपछि, करिब १४ महिना बैदाममा बिताएका तिवारी एक हप्ता अघिनै काठमाडांै गइसकेका छन् । पोखरा आउन लागेका गोदार काठमाडौंको शसस्त्र प्रहरी गण नक्सालमा कार्यरत थिए ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरामा काजमा कार्यरत श्यामु अर्यालको कार्यालयमै दरबन्दी कायम भएको छ । अख्तियार क्षेत्रीय कार्यालय पोखरामा दरबन्दी भएका अर्यालमा ट्राफिक कार्यालयमा काजमा कार्यरत थिए ।
अर्याल ट्राफिकमा आएपछि, खाली रहको अख्तियार क्षेत्रीय कार्यालय पोखरामा मिनबहादुर घले आउने भएका छन् । उनी मुस्ताङ्गमा कार्यरत थिए । लामो समय पोखराको रामबजारमा बसेर हाल अञ्चल प्रहरी कार्यालय पोखरामा लागू औषध नियन्त्रण इकाइ हेरिरहेका मदन कुँबर दरबार मार्ग प्रहरी कार्यालय काठमाडांै सरुवा भएका थिए ।
कुँवर र हाल वडा प्रहरी कार्यालय बैदाममा काजमा कार्यरत प्रहरी निरिक्षक नमराज भट्टराइ वडा प्रहरी कार्यालय बैदाममा सरुवा हुन लागिपरेका थिए । तर, बैदाममा गोदारले अवसर पाएका छन् ।
पहिला पैसा कमाउने ठाउँ भएकाले प्रहरी निरिक्षकहरुले मरिहत्ते गर्ने ठाउँका रुपमा चिनिने वडा प्रहरी कार्यालय बैदाम पोखरा हाल, नयाँ प्रहरी अधिकृतका लागि काम देखाउने कार्यालयका रुपमा चिनिन्छ । पोखराको पर्यटक प्रहरीको प्रमुखमा प्रहरी निरिक्षक ओमबहादुर कँुबर सरुवा भएर आउने भएका छन् ।

वक्र्स एट इण्डिया प्रहरी


news photoवडा प्रहरी कार्यालय बैदाममा सरुवा भएर आउन लागेका प्रहरी निरिक्षक बिरेन्द्र गोदार नेपाल सरकारका अधिकृत हुन् । उनले नेपाल सरकारकै महत्वपूर्ण अङ्ग नेपाल प्रहरीको अधिकृतको रुपमा बि.सं. २०६४ सालमा सेवा प्रवेश गरेका हुन् ।
सरकारको अधिृकत जस्तो जिम्मेवार पदमा बसेका गोदारले फेसबुकमा भने आफु भारतीय प्रहरी सेवामा कार्यरत रहेको कुरा उल्लेख गरेका छन् । उनको फेसबुकको प्रोफाइलमा हुने वक्र्स एट(काम गर्ने संस्था)को अप्सनमा इण्डिय प्रहरी सर्भिस लेखेका छन् ।
गोदार प्रहरी संगठनमा सोझो र इमान्दार प्रहरी अधिकृतका रुपमा गनिने उनका सहकर्मी वताउँछन् । इमान्दार र दुःख गर्ने प्रहरी अधिकृत खोज्ने क्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका पूर्व प्रमुख तत्कालिन डिआइजी राजेन्द्रसिंह भण्डारीले गोदारलाई इलाका प्रहरी कार्यालय बेलहियाको जिम्मेवारी दिएका थिए । नेपाल भारतको सिमानामा पर्ने बेलहिया चौकीमा प्रहरी अधिकृतहरुले अकुत कमाउने गरेको गुनासो बढेपछि, इमान्दार प्रहरी अधिकृतका रुपमा गोदार बेलहिया पुगेका थिए ।

Comments are closed.