प्रहरी माथि कुटपिट गर्ने उपर मुद्वा दर्ता
पोखरा फाल्गुन २५ गते ।
मिति २०७१।११।२२ गते रातको अन्दाजी ०२:१५ वजेको समयमा जिल्ला कास्की पोखरा ६ लेकसाईड स्थित महेन्द्र भोटे भन्ने शिव गुरुङले संचालन गरेको ओजन कम्प्लेक्स एण्ड डान्स वारमा झै-झगडा कुटपिट भएको भन्ने खवर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई तत्काल घट्नास्थलमा पुगी दुवै पक्षलाई छुट्टाउने क्रममा डियुटीमा खटिएका प्र.ज.भिम वहादुर रानालाई ओजन कम्प्लेक्समा वाउन्सरको रुपमा खटिएका निम्न स्थान वस्ने निम्न व्यक्तीहरुले फलामको रड,काठको लाठी समेतले टाउकोमा प्रहार गरी घाईते बनाएको, घट्नामा संलग्न वार संचालक सहित निम्न स्थान वस्ने निम्न व्यक्तीहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा केही सार्वजानिक अपराध मुद्वा थप गरी अनुसन्धान कार्य भईरहेको ।
निम्न:-
ज्यान मार्ने उद्योग मुद्वामा म्याद थप भएका मानिसहरु
- जि.कास्की पोखरा १५ बस्ने वर्ष २७ का किरण गुरुङ , ( वाउन्सर )
- ऐ पोखरा-१७ बस्ने प्रशान्त गुरुङ ( हाल फरार)
- वतन नखुलेको अनिल गुरुङ ( हाल फरार )
केही सार्वजानिक अपराध मुद्वामा म्याद थप भएका मानिसहरु:-
- जिल्ला कास्की पोखरा उ.म.न.पा.१२ लालिगुरांस टोल वस्ने वर्ष ३२ का डान्स क्लव संचालक महेन्द्र गुरुङ,( वार संचालक )
- जिल्ला कास्की पोखरा उ.म.न.पा.१२ माटेपानि वस्ने वर्ष ३१ को दिल वहादुर गुरुङ ,
- जिल्ला कास्की ले.न.पा.१७ वाघमारा वस्ने वर्ष २१ का हरी अधिकारी, ( वार म्यानेजर )
- जिल्ला कास्की पोखरा १५ वस्ने वर्ष ३२ का राजु गुरुङ,
- ( वाउन्सर )
- ऐ ऐ वस्ने वर्ष२५ का शिसिर भुजेल,( वाउन्सर )
- ऐ ऐ वस्ने वर्ष २५ का वालकृष्ण राना, ( वाउन्सर )
- ऐ ऐ वस्ने वर्ष ३० का गोपी गुरुङ,( वाउन्सर )
- ऐ ऐ १४ मझेरीपाटन वस्ने वर्ष २५ का सोम गुरुङ, ( वाउन्सर )
- जिल्ला स्यांङजा चापाकोट १३ घर भई हाल पोखरा ९ पृथ्विचोक वस्ने वर्ष २४ का रोशन भन्ने तुल वहादुर थापा , ( वाउन्सर )
- जिल्ला सुर्खेत लाटिकोईली १७ घर भई हाल पोखरा ९ नयावजार वस्ने वर्ष २४ का जिवन वली ,( वाउन्सर )
- पोखरा-७ रत्नचोक वस्ने बर्ष २८ को रविन गुरुङ,
- पोखरा-६ गौरीघाट बस्ने बर्ष २७ को सुसिल गुरुङ
- ऐ लेकसाईड बस्ने बर्ष २१ को अर्जुन गुरुङ
मिति-२०७१।११।२५ गते ।
प्रवक्ता प्र.ना.उ. केदार रजौरे
जिल्ला प्रहरी कार्यालय कास्की ।
( ९८५६०-२८८७२)
Comments are closed.