प्राईम वचत तथा ऋण सहकारी छैठौं वर्षमा बर्षमा

आफ्नै भवनबाट कारोबार सुरु


Prime sahakari Pic 2पोखरा, २६ फागुन । प्राईम वचत तथा ऋण सहकारी संस्था लिमिटेडले छैठौँ वर्ष प्रवेश सँगै आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । मंगलबार संस्थाले पाँचौ वार्षिकोत्सव मनाउँदै नयाँ भवनको उद्घाटन समेत ग¥यो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य बद्रिनाथ अधिकारीले गैह्रापाटन  भवनको उद्घाटन गरेका थिए ।

संस्थाको भवनको उद्घाटन गर्दै अधिकारीले संस्थाको अझै प्रगतिको कामना गरे । ‘पाँच वर्षमै आफ्नै भवनबाट कारोबार गर्नु चानचुने कुरो होईन ।’ प्राचार्य अधिकारीले भने–‘शेयर सदस्य, साधारण सदस्यसँगै अन्य सामाजिक क्षेत्रलाई समेत रिझाएर यहाँसम्म आईपुग्नु पक्कै संस्थाको सफलताको रुपमा लिनुपर्छ ।’ उनले संस्थालाई उत्पादनमुखि क्षेत्रमा लगानी विस्तार गरेर रोजगारीको सृजना गर्न सुझाव समेत दिए ।

त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष रविरमण अधिकारीले संस्थाबाट अरु सहकारीहरुले पनि सिक्नुपर्ने बताए । ‘पाँच वर्षमै जुन सफलता प्राईम वचत तथा ऋण सहकारीले प्राप्त गरेको छ, यो सफलताको लागि अरु सहकारीले पनि मेहेनत गर्न जरुरी छ ।’ अधिकारीले भने–‘त्यस्तै प्राईमले आफुसँगै अरु सहकारीको पनि सफलताको लागि सोँच्नुपर्छ ।’ आफु अगाडि बढ्नलाई आफुजस्तै अरु संस्थाहरु पनि सफल हुनुपर्ने कुरा प्राईम वचत तथा ऋण सहकारी संस्थाले भुल्न नहुने उनले बताए ।

कास्की वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले प्रतिस्पर्धात्मक बजारमा संस्थालाई व्यवसायिक तवरले चलाएकोमा प्राईम सहकारीको व्यवस्थापनलाई प्रशंसा गरे । उनले सहकारीलाई शहरमुखि मात्रै नभई ग्रामिणक्षेत्रमुखि पनि बनाउनुपर्ने धारणा अगाडि सारे । त्यस्तै नविन वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गेहेन्द्रेश्वर कोईरालाले संस्थाको अझै प्रगतिको कामना गरे ।

पाँचौ वार्षिकोत्सवकै अवसर पारेर संस्थाले दुई जना सहकारीकर्मीहरुलाई सम्मान समेत गरेको छ । जिल्ला सहकारी संघका व्यवस्थापक भोजराज घिमिरे र सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका वरिष्ठ अधिकृत बालकृष्ण सुवेदीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कुल शेयर पुँजी ४ करोड रुपैयाँ रहेको संस्थाले अहिलेसम्म ३६ करोड रुपैयाँ निक्षेप संलकन गर्दै ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्रमणी पौडेलले जानकारी दिए । पाँच सय जना शेयर सदस्य रहेको संस्थाले वगर र लेखनाथको तालचोकमा सेवा केन्द्र स्थापना गरि ग्राहकहरुलाई सेवा दिँदै आएको छ । यस्तै संस्थाले आफ्नै लगानीमा एलोभेरा जुस, प्राईम धुप, एलोभेरा साबुन र श्याम्पु उत्पादन गरि विक्रिवितरण गर्दै आएको अध्यक्ष अनिल जोशीले जानकारी दिए ।

Prime sahakari Pic 1

Comments are closed.