प्रेममा असफल भएपछि एयरफोर्स अधिकृतबाट भिखारी

एजेन्सीहरु/ प्रेमको शक्ति अनुमान गर्न सकिँदैन । प्रेमले मान्छेको जीवनमा कायापलट ल्याउन सक्छ । सफल प्रेमले मान्छेको जीवनमा खुसीको बहार ल्याइदिन्छ भने असफल प्रेमले उसको दुर्गती पनि हुन सक्छ ।

प्रेममा परेका केही व्यक्तिहरु पागलसमेत बन्न पुग्छन् । जब मानिसलाई प्रेममा धोका हुन्छ तब त झनै मानिसले आफैंलाई पनि बिर्सने रहेछ । असफल प्रेमले भारतमा एक उच्च व्यक्ति भिखारी सम्म बन्न पुगेका छन् ।

भारतीय वायुसेनाका एकजना अधिकृतलाई युवतीको प्रेमले भिखारीसम्म बनाइदिएको हो । भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलाई कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो ।

pawan kumar

भारतीय सञ्चारमाध्यमका अनुसार हेर्दै भिखारीजस्ता देखिने ती व्यक्तिको नाम पवनकुमार रहेछ । उनी नेहरु नगरमा बस्दै आएका रहेछन् ।

सिभिल अस्पतालमा आफ्नो भाँच्चिएको खुट्टाको उपचार गर्न भएका ती व्यक्तिलाई केही मानिसले भिखारी भनिदिएपछि उनी रिसले आगो भए । भिखारी भन्नेहरुलाई जवाफ दिँदै उनले आफू कुनै बेला भारतीय एयर फोर्समा कार्यरत रहेको तथ्य खोलेपछि त्यहाँ उपस्थित सबै आश्चर्य चकित भएका थिए ।

एयर फोर्समा कार्यरत आफू युवतीको प्रेममा परेर यो अवस्थामा आइपुगेको बताएका उनले युवतीले प्रेममा धोका दिएपछि आफ्नो यस्तो हालत भएको दोहोर्याएका थिए ।

सडकमै बस्दै आएका उनको अहिले पठानकोट अस्पतालमा उपचार चलिरहेको छ । उनको कुरा सुन्न अहिले अस्पतालमा सयौं मानिस जम्मा हुन थालेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments are closed.