एजेन्सी : भारतको बिहार राज्यमा प्रेम गरेकै कारण एक जोडीले ज्यान गुमाउनुपरेको छ । प्रेमी जोडीलार्इ युवतकीका परिवारजनले नियण्त्रणमा लिएर हत्यापछि जलाइदिएका हुन् ।
बिहारको गयास्थित पुलिसका प्रमुख मनु महाराजले प्राराम्भिक अनुसन्धानबाट प्रेमी जोडीको हत्या गरिएको पाइएको जानकारी दिए । यो घटना बुधवार दिउँसो गया ज़िल्लाको बजिरंग प्रहरी कार्यालय अन्तर्गतको मैठा गाउँमा भएको हो ।उनका अनुसार एक बिबाहित व्यक्ति जयराम माझी र एक युवतीबीच प्रेम बसेको थियो । युवतीका परिवारजनले पहिले दुबैजनालार्इ कुटीकुटी हत्या गरेपछि दुबैजनालार्इ एकै ठाउँ राखेर जलाइदिएका हुन ।
घटनापछि प्रहरीले ६ जना विरुद्ध उजुरी दर्ता गरेर कारबाही अघि बढाएको छ । घटनामा संलग्न कसैलार्इ पनि प्रहरीले गिरफ्तार गर्न सकेको छैन। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो मामिलामा गाउँमा पञ्चायतको बैठक पनि बसेको थियो ।पञ्चायको बैठकमा दुबै प्रेमी जोडीले घटनाबारे आफूलार्इ जोगाउने प्रयास गरेका थिए । तर महिलाका परिवारजनले नमानेपछि गाउँले नै मिलेर दुबै जनालार्इ कुटीकुटी हत्या गरेका हुन् ।
पुलिसका प्रमुख मनु महाराजले पुलिसले शवको अवशेष बरामद गरेर डिएनए परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए । मारिएका युवा जयराम माझी सोही गाउँकै जुवाइँ थिए । उनको आफ्नै सालाका छोरीसँग प्रेम भएको थियो ।
Comments are closed.