प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षण गरौ

नेपाल पत्रकार संघको महाधिवेशन आज शुरू हुदैछ। महाधिवेशन हुनु नेतृत्व परिवर्तन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। यो हरेक लोकतान्त्रिक मुलुकमा हुदै आईरहेका छन। र हुन्छन पनि। नेपालमा पनि पत्रकारिता गर्नेहरूले संगठन वनाएर नेतृत्व थालेको छ दशक बढि भयो। विसं २००९ सालवाट काठमान्डौका केही पत्रकारहरूले संगठन वनाएर नेपाल पत्रकार संघ को नाम दिएका थिए। त्यै नामवाट विसं२०१२ सालवाट नियमित गतिविधि शुरू भयो। कृष्णप्रसाद भट्टराईलाई पहिलो अध्यक्ष मानियों शुरूवात गर्ने फत्यवहादुर सिंहलाई संझन पनि छोडियो। ईतिहास लेख्ने पनि पत्रकार मेटने पनि पत्रकार भन्ने आरोप खेप्दै २५ औ महाधिवेशन शुरू भएको छ।आफैमा यो राम्रो पक्ष हो।
पत्रकार संघवीट माहासंघमा परिणत भएको पनि दुई दशक भयो। ६० को दशक यता आएर अति राजनीतिकरण हुन गएको छ। यस पटक त झन पुरै पार्टि करण हुन गयो। सत्तारूढ दलका प्रमुखहरूले सिधै हस्तक्षेप मात्र गरेनन पत्रकारलाई लोभलालच देखाएर प्रभावित पार्न खोजेका तथ्यहरू सार्वजनिक भएका छन। यसले संगठन वलियो होईन अत्यन्त कमजोर  हुने देखिएको छ। यही किसिम पार्टिकरण हुन थाल्यो भने अवको दश वर्ष पछि पत्रकार महासंघ सरकारको एउटा विभागको रूपमा रहन सक्ने छ। यसले स्वतन्त्र पत्रकारिताको वर्को फालेर निरंकुशताको श्रीपेच पहिरिएर देखापर्ने छ। यसले स्वतन्त्र पत्रकारिता मात्र होईन प्राप्त लोकतन्त्र पनि समाप्त पार्ने छ।
अव केगर्ने त भन्ने प्रश्न उठन सक्छ। पत्रकारिता लाई र लोकतन्त्रलाई जोगाउने हो भने स्वतन्त्र र मर्यादित पत्रकारितामा जीवन अर्पेका व्यवसायिक र श्रमजीवी पत्रकारिता गरिरहेका उमेदवारहरू खोजेर मतदान गरौ। जसले पार्टि पत्रकारिता भन्दा माथी वसेर तमाम श्रमजीवी पत्रकारहरूको हितमा केही गर्न सक्ने छन। अन्यथा सरकारकै एउटा विभाग सरह वनाएर हाlमीले भन्दै आईरहेको र उपयोग गर्दै आएको प्रेस स्वतन्त्रता समाप्त हुने छ। यसकारण समयमै सचेत हुनु पत्रकारहरूको लागि अति जरूरी छ।

Comments are closed.