पोखरा २० बैशाख । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ९३ यूनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सांसद एंव नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पहिलो रत्तदाता अस्मिता तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरे । उनले संकटको बेला पिन गण्डकीले रचनात्मक काम गरेको बताए ।
सांसद थापाले पिनले पोखराको विभिन्न स्थानमा सेनिटाइजर टनेल निर्माण र रक्तदान लगायतका रचनात्मक काम गरेर राज्यलाई सहयोग गरेको बताए । कार्यक्रममा नेकपा कास्कीका सचिब बखानसिंह तमु, इन्जिनियर बाबुराम भण्डारीले संकटमा पिन गण्डकीले रचनात्मक र प्रसंसनिय काय गरेको बताए ।प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन गण्डकीका कार्यबाहक अध्यक्ष महेन्द्र गोदारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Comments are closed.