फरार रहेका कार चालक काठमाडौंबाट पक्राउ

पोखरा हटलाइन,

जिल्ला प्रहरी कार्यालय कास्कीले गत आइतबार कास्कीको अन्नपूणर् गाउँपालिका १ लेवाडेमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाडौंमा पक्रेको हो ।आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाबुछोरीको निधन भएको थियो । कुश्मा नगरपालिका ४ पर्वतका दुर्घटनामा  १८ वर्षिया छोरी सविनाको आइतबार नै मृत्यु भएको थियो भने ४५ वर्षिय बावु जितबहादुरको उपचारको क्रममा सोमबार विहान मात्रै ज्यान गएको थियो ।

Comments are closed.