जापान हिँडेका पीडित एयरपोर्टबाटै फर्किए,ढिकुरपोखरकिा दलबहादुर र पर्वतका दिपकलाई प्रलोभनमा पारी १७ लाख ५० हजार रुपैयाँ लिएर नक्कली भिषमा जापान पठाउने भन्दै एयरपोर्ट पठाएका थिए ।
पोखरा २४ कार्तिक/ कास्कीका दलबहादुर गुरुङ र पर्वतका दिपक पौडेल धन कमाउने सुनौलो सपना बोकेर जापानका लागि हिँडे । तर, कास्की ढिकुर पोखरी गा.वि.स.वडा नं.६ गुरुङ र पर्वत ठुलोपोखरी गा.वि.स.वडा नं.३ पौडेललाई त्रिभुवन विमानस्थलमा खटिइएका सुरक्षाकर्मीले चेकजाँच गर्दा उनीहरुको भिषा नक्कली भएको पत्तो लाग्यो ।
ड्रागन एयरबाट जापान जान लागेका उनीहरुसँग भएको भिषा चेकजाँच गर्दा निक्कली पाइएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि महानगरिय अपराध महाशाखा टेकुमा पठाएको थियो । अनुसन्धानका क्रममा गुरुङ्ग र पौडेलले आफूहरु कास्की पोखरा उप महानगरपालिका वडा नं.१४ चाउथेका जि.सी.मार्फत जापान जान लागेको बयान दिएका थिए ।
जिसीले म्याग्दी पाखापानी गा.वि.स.वडा नं.३ का साथी दुर्गा भट्टचनको जापानमा होटेल भएको भन्दै प्रभावमा पारेको र सोहि आधारमा मोटो रकम तिरेर उनीहरु जापानका लागि हिडेको खुल्न छ । उनीहरुको बयानको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नक्कली भिषा बनाई जापान पठाउने कार्यमा संलग्न दुर्गा भट्टचनलाई काठमाण्डौ सुन्धराबाट र लक्ष्मी जि.सी.लाई पोखराबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट पीडितहरुलाई भट्टचनले आफ्नो जापानमा हिमालयन ईन्डियन एण्ड नेपाली रेष्टुरेन्ट रहेको भन्दै प्रति व्यक्ति १२ लाख लाग्ने भनि पौडेलबाट १० लाख र गुरुङ्गबाट ७ लाख ५० हजार लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुले पीडितलाई प्रलोभनमापारी जम्मा १७ लाख ५० हजार लिई नक्कली भिषा लगाई पठाएको र उक्त कार्यमा ईन्डियन नागरीक समेत दिल्लीमा रही मिलोमतो रहेको ठहर गर्दै ति भारतीय नागरिकलाई समेत पक्राउ गर्न पहल भइरहेको जनाएको छ ।
पक्राउ परेका दुर्गा र लक्ष्मीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।
Comments are closed.